४ पुस २०८२, शुक्रबार | December 19, 2025

कपिलवस्तु, त्यस्तो जिल्ला जहां रेडक्रस बिजुली चोरी गर्छ



कपिलवस्तु । कपिलवस्तु त्यस्तो जिल्ला बनेको छ जहां नागरिकको सेवामा खटिने रेडक्रस जस्तो पवित्र संस्थाले समेत बिजुलीको चोरी गर्दछ । बिद्यत प्राधिकरण तौलिहवा बितरण केन्द्रका कर्मचारीले रेडक्रस कार्यलय कपिलवस्तुले बिद्युत चतुहावत गर्दैगरेको २ हर्स पावरको मोटर बरामद गरेपछि रेडक्रसले बिजुली चोरेको पुष्टि भएको हो । चुहावत नियन्त्रणका लागि निस्केको टोलिले रेडक्रस सहित ८ ओटा २ हर्स पावरका मटर पम्प हरु नियन्त्रणमा लिएको जनाएको छ ।

विद्युत चुहावट नियन्त्रणका लागि गएका कर्मचारीहरुले कपिलवस्तु नगरपालिका वडा नं २ मा रहेको जिल्ला रेडक्रस कार्यलयको १ थान, यशोधरा गाउपालिका वडा नं ६ पर्सोहिया वाट २ थान, तथा मायादेवी गाउपालिका वडा नं १ सेमरौटी बाट १ थान , वडा नं ५ सिसनिया बाट १ थान, वडा नं ८ विजुवा,लेहरपुरवा र जमुनी बाट ३ थान गरी जम्मा ८ ओटा मटर पम्प नियन्त्रणमा लिइएको बिद्यत प्राधिकरण तौलिहवा बितरण केन्द्र का इन्जिनियर विशाल लामिछानेले बताएका छन ।

रेडक्रस सहित स्थानीयले हुक फंसाएर बिजुली चोरी गरेको बिद्युत प्राधिरणले आरोप लगाएको छ । तराईका अधिकांस जिल्लाहरुमा हुक फंसाएर बिजुली चोरी गर्ने गरिएपनि बिद्युत प्राधिकरणको नियमित अनुगमन नहुंदा बिद्युतको ठूलो मात्रामा चुहावत हुने गरेको छ ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ६ : ४३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको