२ श्रावण २०८३, शनिबार | July 18, 2026

प्रचण्डको नेतृत्वमा सरकार बनाउन बालकोटमा सहमति, साढे २ वर्षपछि एमालेको सरकार



काठमाडौं । वर्तमान सत्ता गठबन्धनमा फुट आएसँगै नयाँ सत्ता समीकरणले मूर्त रुप पाएको छ ।

नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा सहमति हुन नसक्दा बालुवाटार केन्द्रित सत्ता गठबन्धनमा फुट आएसँगै बालकोट केन्द्रित नयाँ गठबन्धन बनेको हो ।

एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरुको बालकोट स्थित एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा भएको छलफलमा नयाँ सरकार गठनका लागि सहमति जुटेको हो ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन बालकोट समीकरणले सहमति जुटाएको छ । पाँच वर्षे सरकारको आधा अढाई वर्ष प्रचण्डले सरकारको नेतृत्व गर्ने गरी सहमति जुटेको हो । बाँकी साढे २ वर्षको नेतृत्व एमालेले प्रधानमन्त्री लिनेछ । नयाँ सरकार गठन गर्न राष्ट्रपतिले दिएको समयसीमाभित्रै दलहरुले आजै नयाँ सरकारको दाबी पेश गर्ने सहमति रहेको छ । प्रचण्डलाई एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२ र सीके राउतको जनमत पार्टीका ६ सांसदले पनि समर्थन दिने भएका छन् ।

 

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ३ : ५५ बजे

इरानको चेतावनी : अमेरिकी सेना रहेका देशहरू ‘उचित जवाफ’का लागि तयार रहून्

काठमाडौं। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले आफ्नो भूमिमा अमेरिकी

बुटवल कोरा २०२६ : मुक्तिनाथ बाबा साइकलमा सरर… …

बुटवल । मणिमुकुन्द बुटवल कोरा २०२६ शनिबार सम्पन्न भएको छ

२३ जिल्लामा आज र भोली बाढी-पहिरोको उच्च जोखिम, दुई दिन सतर्क रहन प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

मनसुन थप सक्रिय हुँदै, बागमती प्रदेशको पहाडि क्षेत्रमा भारी वर्षा

काठमाडौं । विगत २४ घण्टामा बागमती प्रदेशका पहाडी क्षेत्रमा अतिभारी

विदेश जान छाडेर पुर्ख्यौली पेशाको शानदार निरन्तरता

नेपालगन्ज । नेपालमा युवाहरुको पहिलो रोजाई हुने गरेको बैदेशिक रोजगारी