१५ असार २०८३, सोमबार | June 29, 2026

प्रदेश २ मा ३३ अर्ब ५६ करोडको बजेट सार्वजनिक



जनकपुरधाम । प्रदेश २ सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि रु ३३ अर्ब ५६ करोड ९ लाख ९६ हजारको बजेट सार्वजनिक गरेको छ ।

प्रदेशसभाको सोमबारको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले आर्थिक वर्ष २०७७/०७८ का लागि सार्वजनिक गरेको बजेटमा चालूतर्फ रु १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार (४५.९५) प्रतिशत र पूँजीगततर्फ रु १७ अर्ब ९८ करोड ८२ लाख (५३.६७) र वित्तीय व्यवस्थातर्फ रु १६ करोड (०.४८ प्रतिशत) बजेट विनियोजन गरिएको छ ।

आयतर्फ आन्तरिक स्रोतबाट रु १२ अर्ब २४ करोड २८ लाख ६० हजार, नेपाल सरकारबाट अनुदान रु १३ अर्ब ४० करोड ५९ हजार र नगद मौज्दात रु छ अर्ब ९१ करोड २९ हजार विनियोजन गरिएको छ ।

अपुग रु एक अर्ब अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले गरेको व्यवस्थाबमोजिम नेपाल सरकारसँग ऋण लिइ पूर्ति गरिने अनुमान गरेको मन्त्री यादवले जानकारी दिनुभयो ।

सरकारले निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि रु दुई अर्ब ३५ करोड रकम विनियोजन गरिएको छ भने विपद् व्यवस्थापनका लागि रु पाँच करोड र कुपोषण न्यूनीकरणका लागि रु दुई करोड विनियोजन गरिएको छ । यसैगरी ‘बेटी पढाऊ, बेटी पढाऊ’ कार्यक्रमलाई निरन्तरता दिँदै २५ हजार छोरीलाई शिक्षा बीमा, मुद्दती कार्यक्रमका लागि रु ३० करोड ६४ लाख ७७ हजार र अन्य कार्यक्रमका लागि रु २४ करोड ८६ लाख विनियोजन गरिएको छ ।

स्वास्थ्य शिक्षा, कृषि, सूचना प्रविधिमा जोड दिँदै सरकारले गुणस्तरीय शिक्षाका लागि रु दुई करोड विनियोजन गरेको छ । त्यस्तै कोरोना भाइरस महामारी नियन्त्रण गर्न, कृषि क्षेत्रलाई आधुनिकीकरण, पर्यटनलगायतका क्षेत्रको विकासका लागि बजेट विनियोजन गरेको छ । रासस

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ६ : २० बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै