७ मंसिर २०८३, सोमबार | November 23, 2026

भारतमा प्रधानमन्त्री शाहलाई ‘गार्ड अफ अनर’ प्रदान



नयाँ दिल्ली । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ (सम्मान गारत) प्रदान गरिएको छ ।

सोमबार बिहान राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारतीय सेनाको एक टुकडीले प्रधानमन्त्री बालेनलाई सम्मान गारत अर्पण गरेको हो । समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित थिए ।

प्रधानमन्त्री बालेन आइतबार नयाँ दिल्ली आइपुगेका हुन् । भारत भ्रमणका लागि प्रस्थान गर्ने क्रममा उनले विगतको परम्परा तोड्दै काठमाडौंमा सम्मान गारत ग्रहण गरेका थिएनन् ।

प्रधानमन्त्री बालेनले सोमबार नेपाली समयअनुसार बिहान ११ः१५ बजे भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनी सोमबार नै स्वदेश फर्कनेछन् ।

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार  ११ : ३२ बजे

Your email address will not be published.

हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता सुरु

नयाँ दिल्ली । भारतको दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री

भारतमा प्रधानमन्त्री शाहलाई ‘गार्ड अफ अनर’ प्रदान

नयाँ दिल्ली । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र

रेलमार्गले जोडिँदै राम-सीताको पवित्र सम्बन्धका दुई धाम

जनकपुरधाम । जनकपुरधाम र अयोध्यालाई रेलमार्गले जोड्ने योजनाले राम-सीताको पवित्र

प्रधानमन्त्रीको ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने घोषणाले मोफसलका क्लब सञ्चालक उत्साहित

चितवन । नेपाल प्रिमियर लिगको तेस्रो संस्करणको फाइनल खेल सकिँदै

विदेशबाट फर्किएर ८० लाख लगानीमा पशुपन्छीपालन

कञ्चनपुर । छ वर्ष दक्षिण कोरियामा बिताएर स्वदेश फर्किएका कञ्चनपुरको