१७ माघ २०८२, शनिबार | January 31, 2026

पैचो पसललाई यस वर्षको ‘एग्री विजनेश’तर्फको एचआरएम कर्पोरेट अवार्ड



काठमाडौं । पैचो पसल प्रालीले यस वर्षको ‘द एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सलेन्स एग्री विजनेश’ प्राप्त गरेको छ ।

काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा ग्रोथ सेलर्सको भगेनी संस्था कर्पोरेट क्लबले पैचो पसल प्रालीलाई एग्री विजनेश तर्फको कर्पोरेट अर्वाडले सम्मानित गरेको हो ।

प्रालीका संचालक समिति सदस्य राजन पौडेलले कम्पनीको तर्फबाट सो अवार्ड ग्रहण गरेका छन् ।

निजी क्षेत्रमा उत्कृष्ट कार्य गर्दै मुलकको समग्र आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान गर्ने संस्था तथा व्यक्तिलाई कर्पोरेट क्लबले हरेक वर्ष सम्मान गर्ने गरेको छ ।

यसवर्ष क्लबले विभिन्न २२ विधामा अवार्ड र सम्मान प्रदान गरेको छ ।

‘बसे पनि शहर गाउँकै खाने रहर’ नाराका साथ गुल्मीको बलेटक्टारमा केन्द्रीय कार्यलय रहेको पैचो पसलले पहाडी र उच्च पहाडी भूभागका किसानले उत्पादन गरेका खाद्य वस्तु र तरकारी खरिद गरि बिक्रि गर्ने गरेको छ ।

किसानका उत्पादनलाई पैचोले अत्याधुनिक कारखानामा प्रशोधन गरेर पैचो ब्राण्डमा विभिन्न खाद्य पदार्थ बजारमा बिक्रि गर्दै आएको छ । पैचोका उत्पादन केही समय अघिदेखि संयुक्त राज्य अमेरिकामा समेत निर्यात हुन थालेको छ ।

 

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  ७ : २४ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक