२२ भदौ २०८३, सोमबार | September 7, 2026

बक्सअफिसमा सलमान र ऐश्वर्याको टक्कर



मुम्बई । जब सलमान खानको फिल्म रिलिज हुन्छ, त्यो समयमा बक्सअफिसमा अरु कुनै स्टार या निर्देशकको फिल्म उनीसँग भिड्दैनन् । सबैलाई यो पनि थाहा छ कि सलमानको अगाडि अर्को फिल्म टिक्दैन । चाहे त्यो सानो बजेटको फिल्म होस् या ठूलो बजेटको अथवा ठूला स्टारको या सानो स्टारको ।

तर, सन् २०२३ केही फरक हुँदै छ । सलमानको आउन लागेको फिल्म ‘किसीका भाइ किसीकी जान’सँग भिड्न भने उनको पूर्व प्रेमिका ऐश्वर्या राय बच्चनको फिल्म ‘पोन्नियिन सेल्वन २’ भिड्दैछ । यो पेन इण्डिया फिल्म ‘किसीका भाइ किसीकी जान’को एक साता पछि रिलिज हुँदै छ ।

सलमानको फिल्म अप्रिल १८ मा रिलिज हुँदै छ । यो अवस्थामा सलमानको फिल्मको टिकटको कमाई एक सातासम्म मात्र हुनेछ । त्यसपछि ऐश्वर्याको फिल्मले त्यसमा ब्रेक लगाउँदैछ ।

सलमानको फिल्म यही डिसेम्बरमा रिलिज हुने तयारीमा थियो । तर सन् २०२२ को बक्सअफिसको खराब अवस्था देखेर यसको मिति सारिएको हो । प्रायः सलमानको फिल्म इद या दिवालीमा रिलिज हुन्छ । त्यसकारण ‘किसीका भाई किसी की जान’लाई इदमा अर्थात २१ अप्रिलमा रिलिज गर्ने योजना बनाइएको थियो । तर, उनको अर्को फिल्म ‘टाइगर ३’ इदमा रिलिज हुने भएपछि यो फिल्मलाई दिवालीसम्म सारिएको छ ।

फिल्म ‘पोन्नियन सेल्वन २’ ११औँ शताब्दीको कथा हो । फिल्मले विश्वव्यापी रुपमा ५०० करोड बढी कारोबार गरेको थियो । हिन्दी बेल्टमा ‘पोन्नियन सेल्वन’ ५ हप्तासम्म चलेको थियो । सलमानको फिल्मको एक हप्ता पछि ऐश्वर्याको फिल्म रिलिज हुनुले सलमानलाई खतरा त छैन भन्ने चर्चा बलिउडमा छ ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ११ : २८ बजे

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा बाँकेमा दीप प्रज्वलन

नेपालगन्ज । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको