१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

बक्सअफिसमा सलमान र ऐश्वर्याको टक्कर



मुम्बई । जब सलमान खानको फिल्म रिलिज हुन्छ, त्यो समयमा बक्सअफिसमा अरु कुनै स्टार या निर्देशकको फिल्म उनीसँग भिड्दैनन् । सबैलाई यो पनि थाहा छ कि सलमानको अगाडि अर्को फिल्म टिक्दैन । चाहे त्यो सानो बजेटको फिल्म होस् या ठूलो बजेटको अथवा ठूला स्टारको या सानो स्टारको ।

तर, सन् २०२३ केही फरक हुँदै छ । सलमानको आउन लागेको फिल्म ‘किसीका भाइ किसीकी जान’सँग भिड्न भने उनको पूर्व प्रेमिका ऐश्वर्या राय बच्चनको फिल्म ‘पोन्नियिन सेल्वन २’ भिड्दैछ । यो पेन इण्डिया फिल्म ‘किसीका भाइ किसीकी जान’को एक साता पछि रिलिज हुँदै छ ।

सलमानको फिल्म अप्रिल १८ मा रिलिज हुँदै छ । यो अवस्थामा सलमानको फिल्मको टिकटको कमाई एक सातासम्म मात्र हुनेछ । त्यसपछि ऐश्वर्याको फिल्मले त्यसमा ब्रेक लगाउँदैछ ।

सलमानको फिल्म यही डिसेम्बरमा रिलिज हुने तयारीमा थियो । तर सन् २०२२ को बक्सअफिसको खराब अवस्था देखेर यसको मिति सारिएको हो । प्रायः सलमानको फिल्म इद या दिवालीमा रिलिज हुन्छ । त्यसकारण ‘किसीका भाई किसी की जान’लाई इदमा अर्थात २१ अप्रिलमा रिलिज गर्ने योजना बनाइएको थियो । तर, उनको अर्को फिल्म ‘टाइगर ३’ इदमा रिलिज हुने भएपछि यो फिल्मलाई दिवालीसम्म सारिएको छ ।

फिल्म ‘पोन्नियन सेल्वन २’ ११औँ शताब्दीको कथा हो । फिल्मले विश्वव्यापी रुपमा ५०० करोड बढी कारोबार गरेको थियो । हिन्दी बेल्टमा ‘पोन्नियन सेल्वन’ ५ हप्तासम्म चलेको थियो । सलमानको फिल्मको एक हप्ता पछि ऐश्वर्याको फिल्म रिलिज हुनुले सलमानलाई खतरा त छैन भन्ने चर्चा बलिउडमा छ ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ११ : २८ बजे

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व, लक्ष्य हासिल गर्न असफल

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

नेपालको पर्यटन विश्वमाझ पु¥याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

काठमाडौँ । नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको