६ श्रावण २०८३, बुधबार | July 22, 2026

रक्तदान गरेर मनायो पैचोले आठौं वार्षिकोत्सव



बुटवल । गुल्मीमा स्थापना भइ देशभर पहाडको कृषिजन्य उत्पादनको बजारिकरण गरिरहेको पैचो पसलले सातौं वर्ष पार गरेर आठौं वर्ष प्रवेश गरेको छ । आठौं वार्षिक उत्सवको अवसरमा पैचोले आज बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । आज बिहान सम्पन्न रक्चदान कार्यक्रममा ५० बढीले रक्तदान गरेका छन् ।

रक्तदान कार्यक्रमको पैचोका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले दियो बालेर उदघाटन गरे । रक्तदान कार्यक्रममा पैचोमा आवद्ध लगानीकर्ता तथा कर्मचारीहरु, रुपन्देही रक्तदाता समुह सहित होटल पौवाका कर्मचारी र पत्रकारहरुले रक्तदान गरेका छन् ।

रक्तदानका अवसरमा बोल्दै पैचोका अध्यक्ष भण्डारीले मानविय सेवा अन्तर्गत हरेक वर्ष झै यस वर्षपनि पैचोले रक्तदान गरेर वार्षिक उत्सव मनाएको जनाए ।

सृजनशिल कार्य गरेको भन्दै पैचोले यस अघि राष्ट्रपति युवा पुरस्कार, लुम्बिनी प्रदेश रत्न, ‘द एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सलेन्स एग्री विजनेश’ अवार्ड लगायतका पुरुसकार तथा पदकबाट विभूषित भइसकेको छ ।

शहरी उपभोक्तालाई उच्च र हिमाली क्षेत्रको ताजा फुलफुल तरकारी उपलब्ध गराउने तथा पहाडी फलफुल र तरकारीलाई प्रशोधन गरि होटल रेसिपी तथा भान्छामा प्रयोग हुने विभिन्न खाद्य उत्पादनहरुको पैचोले उत्पादन तथा बजारिकरण गर्दै आएको छ । पैचोबाट झण्डै ३० हजार किसान लाभान्वित भएका छन् भने ३ सय बढीले प्रत्येक्ष रोजगारी पाएका छन् । हरेक वर्षको पुस १५ गते पैचोले वार्षिक उत्सव मनाउँदै आएको छ ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  २ : ०८ बजे

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय

आज ४४ औँ विपी स्मृति दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न