८ चैत्र २०८२, आइतबार | March 23, 2026

बुटवलमा चौथो बुटवल सडक खाना महोत्सव शुरु



बुटवल । राष्ट्रको आर्थिक विकासको प्रमुख मेरुदण्ड मानिने पर्यटन क्षेत्रको प्रवद्र्धन र विकास गर्ने उद्देश्यले विगतका वर्षमा जस्तै यस वर्ष पनि होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा शुक्रवार देखि बुटवलमा चौथो ‘बुटवल सडक खाना महोत्सव’ २०७९ शुरु भएको छ ।

अतिथि देवो भव, नेपाली मौलिक कला संस्कृति तथा खानपानका पतिकार हाम्रो शान, आन्तरिक पर्यटन प्रवद्र्धन र रोजगारीको सृजना हाम्रो अभियान” भन्ने नाराका साथ आयोजना गरिएको सडक खाना महोत्सवको उदघाटन अघि बुटवलमा जनचेतना र्याली निकालिएको थियो ।

सडक खाना महोत्सवले बुटवलको कालिका पथ दुलही झैं सजिएकोले निकै मनमोहक बनेको छ । उक्त महोत्सवले यस क्षेत्रको पर्यटन विकास, कला संस्कृति र मौलिक खानपान परिकारको प्रचारप्रसारका साथै बजारीकरण लगायतमा टेवा पुग्ने विश्वास लिएको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष राम प्रसाद गौतमले बताए ।

बुटवल ९ कालिका पथको तिनकुनेदेखि उत्तरतर्फ नयाँ बसपार्क सम्मको सडकमा पुस १७ गतेसम्म खानामहोत्सव सञ्चालन हुने छ । महोत्सवको पूर्वमन्त्री तथा प्रतिनिधी सभाका सदस्य छविलाल विश्वकर्माले खानाको स्वाद चाखेर विशेष समारोहका बिच शुभारम्भ गरेका हुन । उनले सडक खाना महोत्सवलाई निरन्तरता दिनु र सफल रुपमा सम्पन्न गर्नु उपलब्धीमुलुक भएको बताए । उनले मुलुकमा व्यवस्था बदलिएकोले अब जनताको अवस्था बदल्न जरुरी रहेको बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्वमन्त्री लिला गिरी, बुटवल उपमहानगरपालिका नगरप्रमुख खेलराज पाण्डे, होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष भाष्कर काफ्ले, पर्यटन विकास परिषद लुम्बिनी प्रदेशका निर्देशक रामु जोशी, बुटवल उपमहानगर वडा न. ९ का वडाअध्यक्ष प्रदीप श्रेष्ठ, संघका निवर्तमान अध्यक्ष समुन्द्र जिसिले खाना महोत्सवको सफलताको शूूभकामना दिएका थिए ।

महोत्सवमा यस क्षेत्रमा सञ्चालित होटल तथा रेष्टुरेण्टहरुबाट उत्पादित विभिन्न परिकाहरुका साथै जिल्लाभित्र र बाहिर विभिन्न जातजातिका खानाका परिकारको प्रदर्शनी तथा बिक्रीवितरण एवं राष्ट्रिय तथा स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने महासचिव माधवकुमार खनालले जानकारी दिए ।

अंग्रेजी नयाँ वर्षको अवसर पारेर संघको आयोजनमा ०७५ साल देखि शुरु गरिएको सडक खाना महोत्सव ०७६ सालमा पनि भव्यरुपमा सम्पन्न गरिएको थियो । तर, ०७६ चैतदेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण महोत्सव हुन सकेको थिएन । कोरोनाको प्रभाव विस्तारै घट्दै गएपछि पुनः ०७९ बैशाख १ गते एकदिने तेस्रो कला संस्कृति तथा खाना महोत्सव बुटवलको हिलपार्क उद्यान परिषदमा गरिएको थियो । जसले गर्दा बुटवलको कालिका पथलाई उज्यालो शहरको रुपमा विकास गर्दै रात्रीकालिन व्यवसाय सञ्चालन गर्न खाना महोत्सव कोसेढुङ्गा सावित हुने अपेक्षा आयोजकले गरेका छन ।

 

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ७ : २९ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय