२६ असार २०८३, शुक्रबार | July 10, 2026

भैरहवाको भिम अस्पतालमा भर्ना भएका २६ संक्रमितले जिते कोरोना भाइरसलाई



भैरहवा । रुपन्देहीको जिल्ला अस्पताल भीम अस्पतालमा बनाइएको कोरोना विशेष अस्पतालबाट २६ जना कोरोना बिरामी डिस्चार्ज भई घर गएका छन् ।

जेठ १९ र २० गते आइसोलेशन वार्डमा भर्ना भएका २७ जना मध्ये २६ जना कोरोना संक्रमितलाई मंगलबार डिस्चार्ज गरि घर पठाइएको भीम अस्पतालका सुचना अधिकारी गोपाल उपाध्यायले बताए ।

१४ दिन आइसोलेसनमा बसेका २७ जनामध्ये एकजना बाहेक अन्य विरामीहरुमा कोरोना (कोभिड–१९) सम्बन्धि लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको उपाध्यायले जानकारी दिए । एक जनालाई भने ज्वरो देखिएकोले डिस्चार्ज गर्न नसकिएको उनले बताए । अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. नविन दर्नालका अनुसार अस्पतालका अनुसार डिस्चार्ज हुनेहरु १९ वर्षदेखि ७० वर्ष उमेरका छन् ।

डिस्चार्ज हुनेहरुमा रुपन्देहीको सैनामैना नगरपालिकाका १९ वर्षिय महिला, ४१ र ४३ वर्षिय पुरुष, कोटहीमाई गाउँपालिकाका ७० वर्षिय महिला र ४२ वर्षिय पुरुष, मायादेवी गाउँपालिकाका १५, ३६, ५१, २० र ४५ वर्षिय पुरुष रहेका छन् ।

त्यस्तै कपिलवस्तुको वाणगंगा नगरपालिकाका ३३, ४१ वर्षिय महिला, बुद्धभुमि नगरपालिकाका १९, २२, २४, २६, २७, २८, २८, ३२, ३५, ३८ र ४७ वर्षिय पुरुष, शिवराज नगरपालिकाका २४ वर्षिय महिला, नवलपरासीको रामग्राम नगरपालिकाका २२ र सरावलका गाउँपालिका २६ वर्षिय पुरुष रहेका छन् । डिस्चार्ज भएकालाई मंगलबार अस्पतालले विदाइ गरेको छ ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ६ : ४५ बजे

त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते

पाँच दिनको गिरावटपछि सुनमा पुनः उछाल, एकैदिन तोलामा २ हजार ७ सय रुपैयाँ वृद्धि

काठमाडौं । लगातार पाँच कारोबार दिनसम्म ओरालो लागेको सुनको मूल्यमा

लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयको खर्च कति ?

दाङ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को

गणेश नेपालीको अवस्था चिन्ताजनक, जुनसुकै बेला थप बिग्रन सक्छ : वीर अस्पताल

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका

जनतालाई डर वा भ्रममा राखेर सुशासन र समृद्धि हासिल हुँदैन : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी