१४ माघ २०८२, बुधबार | January 28, 2026

खुकुरी प्रहार गरी फरार भएका ४ जनालाई २४ घण्टा नपुग्दै प्रहरीबाट पक्राउ



नेपालगन्ज । बाँकेको नेपालगन्जमा दिनदहाडै खुकुरी प्रहार गरि फरार भएकाहरुलाई बाँके प्रहरीले घटना घटेको २४ घण्टा नपुग्दै पक्राउ गर्न सफल भएको छ । हिजो (आइताबर) मध्यान्ह २ बजे नेपालगन्ज ४ गणेशपुरमा खुकुरी प्रहार गरेर फरार भएका ४ जनालाई प्रहरीले घटना घटेको २४ घण्टा नपुग्दै पक्राउ गरेको हो ।

आइतबार मध्यान्ह २ बजे UP 32 EU 8616 नम्बरको कारमा आएर खुकुरी प्रहार गरि फरार भएका विनय भण्डारी, नारायण डाँगी, प्रकाश रसाईली, तासे भन्ने प्रकाश थापालाई प्रहरीले बाँकेको डुडुवाबाट पक्राउ गरेको हो । पक्राउ परेकाहरुले नेपालगंज उप-महानगरपालिका १२ वस्ने अनुराग शाह, जानकी ३ बस्ने उज्वल शाह र नेपालगंज उप-महानगरपालिका ४ वस्ने सुभमजंग शाहलाई खुकुरी प्रहार गरी घाइते बनाएर फरार भएका थिए ।

घटना भएलगत्तै बाँके प्रहरी प्रमुख एसपी सन्तोष सिंह राठौरको कमाण्डमा खटिएको प्रहरी टोलीले तत्काल घाइतेहरुलाई उपचारको लागि नेपालगंज शिक्षण अस्पताल नेपालगंज पु¥याइएको र खुकुरी प्रहार गर्नेहरुको खोजि थालेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खुकुरी प्रहार गर्नेहरुको पिछा गर्नेक्रममा प्रहरीले उनीहरुले प्रयोग गरेको कार डुडुवा ३ स्थित बनकट्टीबाट रामपुरुवा जाने कच्ची बाटोको दक्षिणतर्फ गहुँ लगाएको खेतमा फेला पारेको थियो ।

कार फेलापरेको नजिकैबाट घटनामा संलग्न ४ जनालाई पक्राउ गरिएको बाँके प्रहरी प्रमुख एसपी राठौरले बताए । उनले घटनामा प्रयोग भएका २ थान खुकुरी जिल्ला बाँके नेपालगंज ५ फुल्टेक्रा स्थित सडक बाटो नजिक बुट्यान झाँडीमा फेला परेको समेत जानकारी दिए ।

पक्राउ परेकाहरुमाथि थप अनुसनधान शुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ५ : ०९ बजे

अन्तरिम सरकारका मन्त्री चुनावी मैदानमा उत्रिएका भन्दै सांसदद्वारा आलोचना

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले अन्तरिम सरकारमा कतिपय मन्त्री

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौं । अघिल्लो दुई कारोबार दिन घटेको नेपाल स्टक एक्सचेञ्ज

स्थानीय जनताका बीचमा रहेर विकास निर्माणमा समर्पित हुनेछु : सभापति थापा

सर्लाही । नेपाली कांग्रेसका सभापति एवं सर्लाही क्षेत्र नम्बर ४

एक वर्षभित्र ‘ग्रे लिस्ट’बाट बाहिरिने गरी काम गरौँ : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा नेपाललाई