२ असार २०८३, मंगलबार | June 17, 2026

शीतलहरले सप्तरीसहित मध्यतराईकाे जनजीवन कष्टकर



सप्तरी । शीतलहरका कारण मध्यतराईका जिल्लाहरूकाे जनजीवन कष्टकर बनेको छ । एक हप्तायता  चिसो हावा चल्ने, बाक्लो हुस्सु लाग्ने, घाम नलागेका कारण अत्याधिक चिसो बढेको हो ।

शीतलहरसँगै अत्यधिक चिसो बढेपछि सर्वसाधारणलाई घरबाट निस्किन समस्या भएको छ । स्थानीय रमेश यादवका अनुसार सार्वजनिक ठाउँ, बजार, सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राही घटेको छन् भने विद्यालय, कलेजमा विद्यार्थीको उपस्थिति न्यून छ । शीतलहरकै कारण कतिपय विद्यालय बन्द भइसकेका छन् ।

बाक्लो कुहिरो र शीतलहरका कारण सवारीसाधान पनि कम चलिरहेका छन् । चलेको सवारीसाधनमा पनि यात्रुक‍ो भिडभाड छैन् । चिसो बढेपछि मजदुरहरूले मजदुरी गर्न नसकेको राजविराज-२ की गुल्सन खातुनले बताइन् ।

विपन्न परिवारमा न्यानो लुगाको अभावमा जाडोले कठ्याग्रिएर बस्न बाध्य हुनुपरेको छ । शीतलहरबाट सबैभन्दा बढी जोखिममा विपन्न गरिब परिवार पर्ने भएकाले त्यसलाई लक्षित गरी पूर्वतयारीमा जोड दिएको सरकारले बताइरहे पनि व्यवहारमा देखिएकाे छैन ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ४ : ०४ बजे

रूपन्देहीमा एक महिनामा १८२ मुद्दा, ४६ फरार प्रतिवादी पक्राउ

भैरहवा । जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा जेठ महिनाभर विभिन्न प्रकृतिका

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी

जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व सङ्कलन

काठमाडौँ । देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा रु

विश्वकप हेर्न अनावश्यक तथा शङ्कास्पद ‘एप डाउनलोड’ नगर्न साइबर ब्यूरोको आग्रह

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले विश्वकप फुटबल २०२६ हेर्न

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन

काठमाडौं । सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ