१० भदौ २०८३, बुधबार | August 26, 2026

काेराेना भाइरसबाट जीवन रक्षा गर्ने औषधि भेटियो : बेलायती वैज्ञानिक



काठमाण्डाै । एक सस्ताे र सहजै पाइने औषधि काेराेना भाइरसकाे सङ्क्रमणबाट गम्भीर बिरामीहरुकाे जीवन बचाउनकाे लागि सहयाेग गर्ने बेलायती वैज्ञानिहरुले बताएका छन् ।

बेलायती विशेषज्ञहरुका अनुसार कम डाेजकाे स्टाेराेयड औषधि डेक्सामेथासाेन घातक काेराेना भाइरसविरुद्धकाे लडाइँमा एक ठूलाे सफलता हाे । याे औषधिले भेन्टिलेटरमा हुने मृत्युकाे जाेखिमलाई एक तिहाइले घटाएकाे छ । त्यस्तै अक्सिजनकाे सहायतामा उपचार गराइरहेकाकाे हुने मृत्यु २० प्रतिशतसम्म कम भएकाे छ ।

काेराेना महामारीकाे सुरुवातमा बेलायतमा बिरामीकाे उपचारकाे लागि याे औषधि प्रयाेग गरिएकाे भए पाँच हजार जनाकाे ज्यान बचाउने सकिने एक अध्ययनमा भनिएकाे छ । साथै काेभिड–१९ बिरामीहरुकाे धेरै सङ्ख्या भएका गरिब देशहरुले यसकाे लाभ लिन सक्थे ।

काेराेना सङ्क्रमित २० मध्ये १९ जना अस्पतालमा भर्ना नभइकन नै ठिक हुन्थे । अस्पतालमा भर्ना भएकामध्ये पनि अधिकांश ठिक हुन्थे तर केहीलाई अक्सिजन र मेकानिकल भेन्टिलेसनकाे आवश्यकता पर्दथ्याे । उच्च जाेखिम भएका बिरामीलाईलाई डेक्सामेथासाेनले सहयाेग गरेकाे देखिन्छ ।

याे औषधिलाई पहिलेदेखि नै सुन्निने क्रम कम गर्नकाे लागि प्रयाेग गरिन्थ्याे र शरीरमा हुने हानीलाई राेक्न मद्दत गरेकाे देखिन्थ्याे । काेराेना भाइरसँग जुध्ने क्रममा शरीरकाे प्रतिरक्षा प्रणाली ओभरड्राइभ हुँदा पनि याे औषधिले मद्दत गरेकाे देखिएकाे थियाे ।

परीक्षणमा अक्सफाेर्ड विश्वविद्यालयका एक दलकाे नेतृत्वमा झण्डै २००० जना अस्पतालका बिरामीलाई डेक्सामेथासाेन दिइयाे र उनीहरुकाे तुलाना ४००० जना भन्दा धेरैसँग गरियाे, जसले याे औषधि लिएका थिएनन् ।

भेन्टिलेटमा रहेकाे बिरामीकाे मृत्युकाे जाेखिमलाई याे औषधिले ४० देखि २८ प्रतिशतसम्म घटाएका पाइयाे । साथै अक्सिजनकाे सहायतामा उपचार गराइरहेका बिरामीकाे मृत्युकाे जाेखिम २५ देखि २० प्रतिशतसम्म घटाएकाे पाइयाे ।

अक्सफाेर्ड विश्वविद्यालयका शाेधकर्ता पीटर हार्बीले एक बयानमा याे निकै उत्साहजनक भएकाे बताएका छन् । र चाँडै नै अध्ययनलाई प्रकाशित गरिने बताइएकाे छ ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ६ : १४ बजे

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

बागलुङ । कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला रु

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके । भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय

उत्तिसको गोलिया काठ बरामद

खोटाङ । डिभिजन वन कार्यालय खोटाङले अवैधानिक रुपमा निकासी गर्न

हेलो सरकारमा गुनासा : विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए

चितवन । यहाँस्थित कृष्णपुरका विनोद ढकाललाई कक्षा ९ मा अध्ययनरत

टप एण्ड टी-२० सिरिज : नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल मैदानमा

काठमाडौं । अष्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिजमा नेपाल ‘ए’