३ पुस २०८२, बिहिबार | December 19, 2025

काेराेना भाइरसबाट जीवन रक्षा गर्ने औषधि भेटियो : बेलायती वैज्ञानिक



काठमाण्डाै । एक सस्ताे र सहजै पाइने औषधि काेराेना भाइरसकाे सङ्क्रमणबाट गम्भीर बिरामीहरुकाे जीवन बचाउनकाे लागि सहयाेग गर्ने बेलायती वैज्ञानिहरुले बताएका छन् ।

बेलायती विशेषज्ञहरुका अनुसार कम डाेजकाे स्टाेराेयड औषधि डेक्सामेथासाेन घातक काेराेना भाइरसविरुद्धकाे लडाइँमा एक ठूलाे सफलता हाे । याे औषधिले भेन्टिलेटरमा हुने मृत्युकाे जाेखिमलाई एक तिहाइले घटाएकाे छ । त्यस्तै अक्सिजनकाे सहायतामा उपचार गराइरहेकाकाे हुने मृत्यु २० प्रतिशतसम्म कम भएकाे छ ।

काेराेना महामारीकाे सुरुवातमा बेलायतमा बिरामीकाे उपचारकाे लागि याे औषधि प्रयाेग गरिएकाे भए पाँच हजार जनाकाे ज्यान बचाउने सकिने एक अध्ययनमा भनिएकाे छ । साथै काेभिड–१९ बिरामीहरुकाे धेरै सङ्ख्या भएका गरिब देशहरुले यसकाे लाभ लिन सक्थे ।

काेराेना सङ्क्रमित २० मध्ये १९ जना अस्पतालमा भर्ना नभइकन नै ठिक हुन्थे । अस्पतालमा भर्ना भएकामध्ये पनि अधिकांश ठिक हुन्थे तर केहीलाई अक्सिजन र मेकानिकल भेन्टिलेसनकाे आवश्यकता पर्दथ्याे । उच्च जाेखिम भएका बिरामीलाईलाई डेक्सामेथासाेनले सहयाेग गरेकाे देखिन्छ ।

याे औषधिलाई पहिलेदेखि नै सुन्निने क्रम कम गर्नकाे लागि प्रयाेग गरिन्थ्याे र शरीरमा हुने हानीलाई राेक्न मद्दत गरेकाे देखिन्थ्याे । काेराेना भाइरसँग जुध्ने क्रममा शरीरकाे प्रतिरक्षा प्रणाली ओभरड्राइभ हुँदा पनि याे औषधिले मद्दत गरेकाे देखिएकाे थियाे ।

परीक्षणमा अक्सफाेर्ड विश्वविद्यालयका एक दलकाे नेतृत्वमा झण्डै २००० जना अस्पतालका बिरामीलाई डेक्सामेथासाेन दिइयाे र उनीहरुकाे तुलाना ४००० जना भन्दा धेरैसँग गरियाे, जसले याे औषधि लिएका थिएनन् ।

भेन्टिलेटमा रहेकाे बिरामीकाे मृत्युकाे जाेखिमलाई याे औषधिले ४० देखि २८ प्रतिशतसम्म घटाएका पाइयाे । साथै अक्सिजनकाे सहायतामा उपचार गराइरहेका बिरामीकाे मृत्युकाे जाेखिम २५ देखि २० प्रतिशतसम्म घटाएकाे पाइयाे ।

अक्सफाेर्ड विश्वविद्यालयका शाेधकर्ता पीटर हार्बीले एक बयानमा याे निकै उत्साहजनक भएकाे बताएका छन् । र चाँडै नै अध्ययनलाई प्रकाशित गरिने बताइएकाे छ ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ६ : १४ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको