६ पुस २०८२, आइतबार | December 21, 2025

बुटलमा कुटपिटबाट एक वृद्धको मृत्यु



बुटवल । बुटवलमा एक पुरुषको सामुहिक कुटपिटबाट एक वृद्धको मृत्यु  भएको छ । बुटवल १३ का ६० वर्षीय यमबहादुर नेपालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कुटपिटबाट घाइते भएका उनको उपचारको क्रममा बुटवलकै एडमनसिटी अस्पतालमा मृत्यु भएको छ ।

घटना बारे थप अनुसन्धान जारी तथा दोषीहरुलाई पक्राउ गरि थप अनुसन्धान अघि बढेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी दानबहादुर थापाले बताए । मृतकको छोराको टोलकै कुनै युवतीसँगको सम्बन्धका विषयमा कुरा मिलाउन भन्दै बोलाउँदा स्थानीयले बोलाएको स्थानमा नगएपछि स्थानीय प्रदीप पाण्डेको नेतृत्वमा आएकाहरुले नेपालमाथि आक्रमण गरेको छिमेकीहरुले बताएका छन् । बाबुमाथि आक्रमण भएपछि छुटाउन गएका नेपालका २ छोराहरुपनि घाइते भएको बताइएको छ ।

टोलमा छलफलका लागि बोलाउँदा नआएको भन्दै युवाहरुको एक समुह घरमै गएर आक्रमण गरेको प्रारम्भिक जानकारी आएको डीएसपी थापाले बताए ।

आक्रमणपछि घाइते भएका उनलाई उपचार लागि अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो ।

कुटपित गरेको आरोपमा ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएपनि उनीहरुको नाम सार्वजनिक गरेको छ्रैन ।

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  ८ : १४ बजे

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट