२० असार २०८३, शनिबार | July 4, 2026

रेसुङ्गा विमानस्थलमा आज परीक्षण उडान, नगरपालिकामा बिदा



गुल्मी । रेसुंगा नगरपालिका-१० सिमिचौरमा निर्माण सम्पन्न भएको विमानस्थलमा आज ‘डेमो फ्लाइट’ अर्थात परीक्षण उडान गर्दै छ । तारा एयरको ट्विनअटर जहाजले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रेसुंगा विमानस्थलमा परीक्षण उडान गर्ने भएको हो ।

काठमाडौंबाट उडान गरेको तारा एअरको ट्वीनअटर विमानलाई गुल्मी पुग्न झण्डै ५० मिनेट लाग्ने प्राधिकरणले जनाएको छ । १८ सिट क्षमताको विमान रेसुङ्गा विमानस्थलमा झण्डै एक घण्टा रहनेछ । त्यसपछि पुनः काठमाडौं फर्कने छ । यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले तारा एयरलाई अनुमति प्रदान गरेको छ ।

जहाज विमानस्थलमा करिब एक घण्टा रहनेछ । विमानमा गुल्मी-१ बाट निर्वाचित सांसद चन्द्र भण्डारी, गुल्मी-२ बाट निर्वाचित सांसद गोकर्ण विष्ट, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्री, प्रदेश सांसद धनेन्द्र कार्की, रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थी, नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरू समेत सवार हुने बताइएको छ ।

विमानस्थल निर्माणका लागि हालसम्म ३७ करोडभन्दा बढी खर्च भइसकेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले परीक्षण उडानको कार्यक्रम तय भएकोले यस दिन नगर कार्यपालिकाको कार्यालयबाट प्रदान हुने सम्पूर्ण प्रकारका सेवा बन्द हुने जानकारी गराएका छन् ।

परीक्षण उडानका लागि पनि बिदा दिइएको भन्दै सामाजिक सञ्जालमा भने चर्को आलोचना भएको छ ।

 

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ९ : २४ बजे

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

नेपालगन्ज । बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

३६ वर्ष पूरानो वितरण प्रणालीका कारण नेपालगन्जमा विद्युत आपूर्तिमा समस्या : उर्जामन्त्री श्रेष्ठ

नेपालगन्ज । उर्जामन्त्री विराजभक्त श्रेष्ठले धेरै पुरानो संरचनाबाट विद्युत वितरण

चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ । दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी