२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

आइतबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको भाउ घटाएको हो।

निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा लिटरको तीन रूपैयाँ घटाएको छ । यस्तै, हवाई इन्धन (आन्तरिक) मा २० रूपैयाँ कम गरेको छ।

नयाँ मूल्य समायोजनपछि अब काठमाडौं उपत्यकामा पेट्रोल १७५ रूपैयाँ, डिजेल र मट्टीतेल १७२ रूपैयाँ लिटर पर्नेछ।

यसअघि पेट्रोलको भाउ लिटरको १७८ र डिजेल तथा मट्टीतेलको १७५ रूपैयाँ थियो।

त्यस्तै हवाई इन्धन (आन्तरिक) को भाउ लिटरको १७० रूपैयाँ भएको छ। एलपी ग्यासको भने मूल्य घटाइएको छैन ।

निगमले यसअघिको नाफाको आधारमा मूल्य कम गरिएको जनाएको छ । यद्यपी, भारतीय आयल कर्पोरेसन ९आइओसी० ले पठाएको नयाँ मूल्यसूची अनुसार भने भाउ बढेर आएको छ ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ८ : ४२ बजे

चितवन राष्ट्रिय निकुञ्जमा पोखरी निर्माण र मर्मत सुरु

चितवन । चितवन राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्रभित्र पोखरी निर्माण र

जेनजी आन्दोलनका क्रममा फरार दुई पक्राउ

काठमाडौं । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा फरार रहेका दुई

बञ्चरेडाँडामा स्थानीयको अवरोध, काठमाडौंको फोहोर विर्सर्जन पुनः ठप्प

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा पुनः अवरोध आएको छ

प्रचण्डद्वारा ओलीका पिता मोहनप्रसादप्रति श्रद्धाञ्जली

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य