२३ चैत्र २०८२, सोमबार | April 6, 2026

मधेस प्रदेश : मुख्यमन्त्रीका लागि आजै दाबी पेश गर्ने तयारी



जनकपुर । सत्ता गठबन्धनले मधेस प्रदेश सरकार गठनका लागि आजै दाबी पेस गर्ने तयारी गरेको छ ।

जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेशप्रमुख रामबाबु यादवले सत्ता गठबन्धनले आज अपराह्न ४ बजेसम्म जसपा संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा समर्थन गर्दै सरकार गठनका लागि दाबी पेस गर्ने तयारी गरेको जानकारी दिए ।

उनले आजै दाबी पेस गर्ने गरी सत्ता गठबन्धनका दलहरुले आन्तरिक तयारी गरेको र सोहीअनुसार प्रदेश प्रमुखसमक्ष समय मागसमेत भइसकेको बताए । प्रदेश प्रमुख हरिशङ्कर मिश्रले यही पुस २८ गते अपराह्न ४ बजेसम्म सरकार गठनका लागि आह्वान गरे पनि सत्ता गठबन्धनले दुई दिनअघि नै दाबी पेस गर्ने तयारी गरेको हो ।

केन्द्रीय सत्ता समीकरणमा रहेका दलहरुबीच मधेस प्रदेशमा जसपा र जनमत पार्टीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएअनुसार पहिलो आधा कार्यकालका लागि जसपा नेतृत्वमा सरकार बन्न लागेको हो ।

मधेस प्रदेशसभामा १६ सदस्यसहित तेस्रो पार्टीका रुपमा रहेको जसपालाई नेकपा एमाले (२३), जनमत पार्टी (१३), माओवादी केन्द्र (आठ), राप्रपा र नागरिक उन्मुक्ति पार्टी (एक/एक) सहितका ६० प्रदेशसभा सदस्यको समर्थन रहने र यो सङ्ख्या बढ्न पनि सक्ने जनाइएको छ ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  २ : २६ बजे

ओली र लेखकलाई हिरासतमा राख्ने म्याद नथप्न सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री

दोस्रो सौभाग्य गोल्डकपमा देवदहको सहज जित

बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य

रुपन्देही उद्योग संघमा खाद्यान्न र कृषि तथा डेरी वस्तुगत समिति गठन

बुटवल । रुपन्देही उद्योग संघमा सोमबार दुई वटा बस्तुगत समिति

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक