२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

उपभोक्ताले आफुले पिएको पानीको गुणस्तर थाहा पाउने, दियालोको स्मार्ट वाटर सिस्टमको सेन्सर राख्दै समितिहरू



काठमाडौं । फिनटेक कम्पनी दियालो टेक्नोलोजिज प्रा.लि.ले विकास गरेको पूर्ण अटोमेशनको स्मार्ट वाटर प्रविधिको सहायताले उपभोक्ताले समेत आफुले पिएको पानीको गुणस्तरको मापन गर्न सक्ने भएका छन् ।

स्मार्ट वाटर प्रविधि अन्तरगत रहेको एक सेन्सर मार्फत खानेपानी समिति मात्र नभएर उपभोक्ताले समेत आफ्नो घरमा आएको खानेपानीको गुणस्तर थाहा पाउन सक्ने भएका हुन् ।

दियालो टेक्नोलोजिज प्रालिले विकास गरेकोे प्रविधिले खानेपानी क्षेत्रलाई पूर्ण रुपमा अटोमेशन गर्दै लगिरहेको छ । दियालोले खानेपानी समितिदेखि उपभोक्तासम्म, उत्पादन तथा वितरणदेखि उपभोक्ताको घरघरमा स्मार्ट मिटररिडिङ्ग, बिलिङ्गदेखि जिन्सी व्यवस्थापन, पानीको गुणस्तर मापनदेखि ट्यांकी व्यवस्थापनसम्मका करिब १५ वटा प्रणालीहरुको विकास गरेको छ । जसमा खानेपानीको गुणस्तर मात्र नभइ खानेपानीको स्रोतदेखि उपभोक्ताका घरका धारासम्मलाई स्मार्ट बनाएको छ । हाल यस प्रणाली प्रयोग गर्न अधिकांश खानेपानी समितिहरूले चासो देखाएका छन् ।

राजधानीको टोखा खानेपानी समितिबाट पाइलट प्रोजेक्टका रूपमा सुरू गरिएको यस प्रणालीलाई लागु गर्न देशभरका खानेपानी समितिहरू उत्सुक देखिएका हुन् । हाल केही समितिहरूमा यस प्रणाली लागु हुने क्रममा छ ।

यसै क्रममा दियालो टेक्नोलोजिजले मंगलबार मोरङको उर्लावारीमा प्रदेश नं. १ मा रहेका सबै खानेपानी समितिहरूका बीचमा एक कार्यशाला गोष्ठी आयोजना गरेको छ । कार्यशालामा दियालोका बिजनेस डेभलपमेन्ट हेड रोशन गौतमले दियालोको सफ्टवेयरका विशेषताका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत पिआर खनालले समितिहरूका जिज्ञासाको जवाफ दिएका थिए । उक्त कार्यक्रम उद्घाटन गर्दै उर्लावारी नगरपालिकाका नगर प्रमुख गंगा खरेलले पानी जस्तो महत्वपूर्ण वस्तुको उपभोक्ताले नै गुणस्तर हेर्न पाउनु भनेको प्रविधिको उच्चतम विकास भएको भन्दै खानेपानी समितिहरूलाई लागु गर्न आग्रह गरे ।

हालसम्म करिब ६ सयवटा खानेपानी समितिहरुलाई डिजिटलाईजेशन गरिसकेकोे दियालोले खानेपानी क्षेत्रका सम्पूर्ण प्रक्रियालाई अन्तराष्ट्रिय मापदण्डको बनाउने उदेश्यसहित यो प्रणालीको विकास गरेको हो ।

करिब दशवर्ष अगाडी स्थापना भएको दियालो टेक्नोलोजिजले खानेपानी क्षेत्रलाई आवश्यक पर्ने सफ्टवेयरहरु निर्माण गर्दै आएको छ । दियालोले मिटर रिडिङ्ग मोबाईल एप, बिलिङ्ग व्यवस्थापन, एसएमएस प्रणाली, अनलाइन भुक्तानी,लेखा प्रणाली, जिन्सी व्यवस्थापन, मानव संशाधन व्यवस्थापन प्रणाली,एन.आर.डब्लु : (पानी चुवाहट विश्लेषण ) प्रविधि,ल्याव व्यवस्थापन प्रणाली, पम्प कन्ट्रोल प्रणाली, ग्राहक गुनासो व्यवस्थापन, भूमिगत पानीको तह विश्लेषण, मोबाईल एप्लीकेशन,इलेक्ट्रो म्याग्नेटिक फ्लोमिटर,ट्याङ्कीको पानी तह मापन प्रविधि जस्ता प्रणालीहरुको विकास गरेको छ ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  ३ : १२ बजे

बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु

बागलुङ । बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ

सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्धको रिटमा सर्वोच्चद्वारा दुवै पक्षलाई छलफलमा बोलाउने आदेश

काठमाडौं । सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई नदिने सरकारको निर्णयविरुद्ध दायर

वैशाख १५ गतेदेखि नयाँ शैक्षिकसत्र : बढी शुल्क लिने निजी विद्यालयमाथि अनुगमन हुँदै

काठमाडौं । आगामी वैशाख १५ गतेदेखि नयाँ शैक्षिकसत्रको सञ्चालन र

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्टलाई नियुक्त

एसईई दिएर फर्किँदै गर्दा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु

महोत्तरी । यहाँस्थित जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज दुईवटा