१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

बाराको बिश्रामपुर सिमाबाट भारत निकासी हुंदै गरेको ५ लाखको छोकडा प्रहरीबाट बरामद



बारा । बाराको विश्रामपुर गाउँपालिका-४ बलिरामपुर हुँदै नेपालबाट चोरी निकासी गरी भारततर्फ लैजान लागेको अवस्थामा छोकरा प्रहरीले बरामद गरेको छ । अबैधरुपमा भारत लैजानका लागि भण्डारण गरेको करिब ५ लाख २५ हजार रुपैयाँ मूल्य पर्ने ३५ क्विन्टल छोकडा बुधबार प्रहरीले बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले बलिरामपुर स्थित नेपाल भारत सिमाको दशगजा क्षेत्र नजिकै उक्त परिमाणको छोकडा प्रहरीले बरामद गरेको हो । प्रहरी आएको देख्नासाथ छोकडा तस्करहरु सामान छाडी फरार भएको प्रहरीले जनाएको छ ।

बरामद छोकडा आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय वीरगंज पर्सा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ९ : ४८ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले