२३ चैत्र २०८२, सोमबार | April 6, 2026

सोलार फार्म लिमिटेडले २० लाख कित्ता आईपीओ निष्काशन गर्ने



काठमाडौं । सोलार फार्म लिमिटेडले २० लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको छ । लिमिटेडले साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणहरुमा प्रति शेयर १०० रूपियाँका दरले २०,००,००० कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।

लिमिटेडले आईपीओ निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त सम्झौता-पत्रमा सोलार फार्म लिमिटेडका तर्फबाट सञ्चालक समितिका अध्यक्ष आसबहादुर गुरुङ्ग (मोहन) तथा कुमारी क्यापिटलका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

उक्त कम्पनीको अधिकृत पूँजी रु. ६५ करोड रूपैयाँ, जारी पूँजी रु. ६५ करोड रूपैयाँ र चुक्ता पूँजी रु. ४५ करोड रूपैयाँ छ । नेपालको पहिलो सोलरबाट बिद्युत उत्पादन गर्ने संस्थाको रुपमा सन् २०१७ मा स्थापित सोलार फार्मले ५ मेगावाट क्षमताको सोलारबाट बिद्युत उत्पादन सन् २०२१ सेप्टेम्बर १४ देखि व्यवसायिक उत्पादन गरिरहेको छ । यो आयोजना नेपालको तनहुँ जिल्ला शुक्ला गण्डकी नगरपालिका बडा नं.५ बेल चौतारामा अवस्थित छ ।

 

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ७ : ३९ बजे

आफैले चलाएको ट्याक्टरले च्यापेर चालकको मृत्यु

पाल्पा । पाल्पामा ट्याक्छर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा

लीला भण्डारी राष्ट्रियसभा उपाध्यक्षमा निर्विरोध निर्वाचित

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीला भण्डारी निर्विरोध निर्वाचित भएकी

सञ्चारमन्त्री तिमिल्सिना र नेपाल पत्रकार महासङ्घबीच छलफल

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको टोलीले आज सञ्चार तथा सूचना

सत्तापक्ष र प्रतिपक्षको एकै स्वर – वैचारिक विविधतालाई थाँती राखेर राष्ट्रियताको पक्षमा एक हौँ

काठमाडौं । सत्ता पक्ष र प्रतिपक्षका सांसदहरूले वैचारिक विविधतालाई थाँती