काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटमा सरकार विस्तार, सभामुखको निर्वाचनलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले सोही दिन सानो आकारको मन्त्रिपरिषद् बनाएका थिए । पुस २६ गते विश्वासको मत हासिल गरेपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने बताइएपनि आजसम्म विस्तार हुन सकेको छैन ।
आगामी माघ ५ गते प्रतिनिधिसभाको सभामुखको निर्वाचन हुँदैछ । नेपालको संविधानको धारा ९१ को उपधारा (१) मा प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ ।



















प्रतिक्रिया