८ कार्तिक २०८३, आइतबार | October 25, 2026

‘सिटामोल सरह सहजै पाइने’ डेक्सामेथासोन औषधी कोरोना रोकथाममा प्रभावशाली : डब्लुएचओ



काठमाडौं । नेपालमा सिटामोल सरह सहजै पाइने डेक्सामेथासोन औषधी कोरोना भाइरसका लागि प्रभावकारी देखिएको विश्व स्वास्थ्य संगठन डब्लुएचओले जनाएको छ ।

विश्व स्वास्थ्य संगठन के महानिर्देशक टेड्रोस एदोनहोम गेब्रेयासेसले डेक्सामेथासोनलाई प्रभावकारी औषधी भएको बताएका हुन् । उनका अनुसार यो औषधी एक स्टेरोइड होज जुन कोरोनाका गम्भीर बिरामीमा प्रभावकारी देखिएको छ ।

महानिर्देशक टेड्रोस भन्छन्, ‘डब्लुएचओसँगको साझेदारीमा गरिएको अनुसन्धानमा अक्सिजन आवश्यक बिरामीका लागि डेक्सामेथासोन औषधी प्रयोग गर्दा बिरामी मर्नेको जोखिम कम देखियो ।’

यो औषधीमाथि बेलायतका अनुसन्धानकर्ताहरुले पहिला परीक्षण गरेका थिए । भेन्टिलेटरमा रहेका कोरोना संक्रमितलाई बचाउन यो औषधीको ट्रयाल गर्दा सफलता मिलेपछि डब्लुएचओले चासो देखाएको थियो ।

‘डेक्सामेथासोन औषधि नेपालमा पहिलादेखि नै दम, निमोनिया, मेनेन्जाइटिस र एलर्जीका लागि प्रयोग गरिँदै आएको छ ।

सन् १९६० को दशकदेखि नै यस औषधीलाई दम, जोर्नी दुख्ने रोग, आदिको उपचारमा प्रयोग गरिँदै आएको छ ।

प्रकाशित मिति : ४ असार २०७७, बिहिबार  ७ : २५ बजे

शिखका पहिरो प्रभावित भन्छन्, ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

दमौली । तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार

मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

ललितपुर । पाटनमा मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न भएको छ

सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर । त्रियुगा नगरपालिका-११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को

बडादसैँको अन्तिम दिन धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौं । नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व