४ पुस २०८२, शुक्रबार | December 19, 2025

भक्तपुर प्रहरीका प्रहरी हवल्दारमा कोरोना संक्रमण, १२ प्रहरी क्वारेन्टाइनमा



काठमाडौं । पछिल्लो समय ड्युटीमा खटिएका प्रहरीहरुमा कोरोना संक्रमण देखिने क्रमले निरन्तरता पाएको छ । कपिलस्तुको कृष्णनगरबाट सुरुभएको प्रहरीको संक्रमण पुर्व गृहमन्त्री भिम रावलको सुरक्षा गार्ड सम्म पुष्टि भईसकेको छ । काठमाडौं उपत्यकामा कार्यरत थप एक जना प्रहरीमा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरमा कार्यरत ३२ वर्षीय प्रहरी हवल्दारमा कोरोना पोजेटिभ देखिएको हो।

महानगरिय प्रहरी परिसर भक्तपुरका एसपी सविन प्रधानले स्वास्थ्यमा समस्या आएपछि कोरोनाको आशंकमा परीक्षण गराउंदा कोरोना पुष्टि भएको जानकारी दिए । प्रहरी हवल्दारको पाँच दिन अघि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्वाव संकलन गरिएको थियो।

सङ्क्रमित देखिएका हवल्दार भक्तपुर परिसरको सञ्चार शाखामा काम गर्दै आएका थिए। लकडाउनको समयमा उनी काठमाडौँ उपत्यका बाहिर गएको नखुलेको प्रहरीले जनाएको छ । सङ्क्रमण देखिएपछि उनीसंगै काम गर्ने १२ जना प्रहरीलाई क्वारेन्टाइनमा राखिएको छ। जसमा ४ जना महिला प्रहरी रहेका छन्।

क्वारेन्टाइनमा रहेकामध्ये दुई जना श्रीमान् श्रीमती प्रहरी समेत रहेका छन्।

प्रकाशित मिति : ४ असार २०७७, बिहिबार  ७ : ३६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको