२१ असार २०८३, आइतबार | July 5, 2026

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेट, बालकोटको छतमा ‘लञ्च मिटिङ’



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपीशर्मा ओलीबीच भेटवार्ता भएको छ ।

ओलीलाई भेट गर्न प्रधानमन्त्री प्रचण्ड ओली निवास बालकोट पुगेका छन् । ओली निवासको छतमा बसेर दुवै नेताले छलफल गरिरहेको तस्वीर ओलीको सचिवालयले सार्वजनिक गरेको छ । प्रतिनिधिसभाका निर्वाचनपछि प्रचण्ड ओली निवासमा दोस्रो पटक पुगेका हुन् । यसअघि गत पुस १० गते प्रधानमन्त्रीमा दाबी पेश गर्ने दिनमा प्रचण्ड ओली निवास पुगेका थिए ।

दुई शीर्ष नेताबीच ५ गते हुने सभामुखको निर्वाचन र केही समयपछि हुन लागेको राष्ट्रपति निर्वाचनसहित मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भैरहेको बताइएको छ। काँग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि सशंकित भएका एमाले अध्यक्ष ओलीले यसबीचमा प्रचण्डसँग निरन्तर छलफल गरिरहेका छन् । प्रधानमन्त्री प्रचण्डले भोलि सरकारलाई विश्वासको मत दिएका सबै दलसँग सर्वदलीय छलफल आयोजना गरेका छन् ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  १० : ५७ बजे

मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकतालाई ध्यानमा राखेर

मालदह आँपको मूल्य बढ्यो, तर किसानले पाएनन् उचित मूल्य

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि

प्रचण्डको आरोप – सरकार संविधान र गणतन्त्र मास्न खोज्दैछ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

नेपालगञ्ज । आर्थिक वर्ष २०६१/६२ देखि निर्माण सुरु भएको सिक्टा

विश्वकप लिग-२ खेल्न नेदरल्यान्ड्स प्रस्थान गर्ने नेपाली टोलीको बिदाइ

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा हुने त्रिकोणात्मक