१४ चैत्र २०८२, शनिबार | March 28, 2026

सल्यानमा ८ वर्षिय बालकको हत्या



सल्यान । सल्यानमा ८ वर्षिय बालकको हत्या भएको छ । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१० मा धारिलो हतियार प्रयोग गरी ८ वर्षीय बालकको हत्या भएको हो ।

माझकाँडाका स्थानीय २४ वर्षीय डम्बर पुरीले सोही ठाउँका ८ वर्षीय भिजन घर्तीको धारिलो हतियार (हँसिया) प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

पुरीले बालकको हत्या गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । हत्या गर्ने पुरीलाई घटना लगत्तै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपालप्रसाद श्रेष्ठले जानकारी दिए ।

स्थानीयले धारिलो हतियार प्रहार गर्ने पुरी मानसिक रूपमा ठिक नभएको बताएपनि उनको स्वास्थ्य परिक्षण पछि मात्र त्यस्को पुष्टि हुने प्रहरीले बताएको छ । स्थानीयले भने पुरीले विगत केही महिनादेखि मानसिक रोगको औषधि सेवन गरिरहेको जनाएका छन् । पुरीको मानसिक अवस्था ठिक भए नभएको उनको स्वास्थ्य परीक्षण पछि मात्र थाहा हुने सूचना अधिकारी श्रेष्ठले बताए ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ९ : १९ बजे

एमाले महासचिवको चेतावनी – प्रतिशोधको मूल्य धेरै महंगो पर्नेछ

काठमाडौं । अध्यक्ष केपी ओली पक्राउ परेपछि नेकपा एमालेका महासचिव

राजनीतिक प्रतिशोधविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्छु : रमेश लेखक

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले आफूलाई राजनीतिक प्रतिशोध र पूर्वाग्रहका

दाउन्नेको घ्यूखोलाबाट बस र ट्रक खोलामा खस्दा ३ जनाको मृत्यु, १५ घाइते

बुटवल । दाउन्ने क्षेत्रमा भीषण सवारी दुर्घटना हुँदा तीन जनाको

ओली-लेखक पक्राउप्रति कमल थापाको आपत्ति : ‘सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लाग्यो’

काठमाडौं । राष्ट्रिय प्रजातान्त्र पार्टीका नेता कमल थापाले पूर्वप्रधानमन्त्री केपी

ओली पक्राउपछि एमालेको आकस्मिक सचिवालय बैठक आह्वान

काठमाडौं । बालेन्द्र सरकारले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ परेपछि