१७ बैशाख २०८१, सोमबार | April 29, 2024

सल्यानमा ८ वर्षिय बालकको हत्या



सल्यान । सल्यानमा ८ वर्षिय बालकको हत्या भएको छ । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१० मा धारिलो हतियार प्रयोग गरी ८ वर्षीय बालकको हत्या भएको हो ।

माझकाँडाका स्थानीय २४ वर्षीय डम्बर पुरीले सोही ठाउँका ८ वर्षीय भिजन घर्तीको धारिलो हतियार (हँसिया) प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

पुरीले बालकको हत्या गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । हत्या गर्ने पुरीलाई घटना लगत्तै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपालप्रसाद श्रेष्ठले जानकारी दिए ।

स्थानीयले धारिलो हतियार प्रहार गर्ने पुरी मानसिक रूपमा ठिक नभएको बताएपनि उनको स्वास्थ्य परिक्षण पछि मात्र त्यस्को पुष्टि हुने प्रहरीले बताएको छ । स्थानीयले भने पुरीले विगत केही महिनादेखि मानसिक रोगको औषधि सेवन गरिरहेको जनाएका छन् । पुरीको मानसिक अवस्था ठिक भए नभएको उनको स्वास्थ्य परीक्षण पछि मात्र थाहा हुने सूचना अधिकारी श्रेष्ठले बताए ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ९ : १९ बजे

१७ वर्षीय किशोरको मलामी बोकेको ट्याक्टरले किचेर ३ वर्षीय बालकको मृत्यु

खजुरा । बाँकेको खजुरामा माटोको ढिस्कोले पुरेर मृत्यु भएका एक

सूचना प्रविधिमा लगानी गरी मनग्य लाभ लिन सञ्चारमन्त्रीको आह्वान

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छ : सीइओ भट्ट

काठमाडौं । सरकारले आइतबारदेखि काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु गरेको

अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित

भैरहवा । विगत एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण भैरहवालगायत तराइका जिल्लाको

इलाम अपडेट : सुहाङ ५३ सय मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङले