३ चैत्र २०८२, मंगलबार | March 17, 2026

रिलिज छेकोमा ‘सरी मम’को अफर



काठमाडौं । लागुऔषध दुर्व्यसनीविरुद्धको कथामा तयार भएको फिल्म ‘सरी मम’ बिहीबारबाट उपत्यकाभित्र प्रदर्शनमा आउँदैछ । रिलिजको पुर्वसन्ध्यामा निर्माण टिमले फिल्म हेर्ने दर्शक लक्षित गरेर विभिन्न अफर सार्वजनिक गरेको छ ।

निर्माण कम्पनी एनएफआई क्रियशनले आमा र छोराको प्रेमलाई बोलेको फिल्मसँग सम्बन्धित हुने गरी टिकटक बनाउँदा दर्शकलाई ५० हजार पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । आमासँगको तबिस्र अथवा भिडियो टिकटकमा सेयर गरेर ह्यासट्यागसरीमम र ह्यासट्यागएनएफ आइक्रिएसनसहित टिकटक बनाउँदा धेरै लाइक पाउनेलाई २५ हजार र क्रियटिभ टिकटकलाई २५ हजार पुरस्कार दिने घोषणा निर्माण टिमले गरेको छ । निर्माता विनोद लामाले यो अफर माघ महिनाभरलाई ल्याइएको बताए ।

फिल्मको २ टिकट किन्दा दर्शकले एक टिकट सित्तैमा पाउने पनि निर्माण टिमले बताएको छ । फिल्म प्रदर्शनमा आउने हलहरूसँगको सहमतिमा यो योजना ल्याइएको निर्देशन नविन बोगटी बताउँछन् । उता बसुन्धरामा रहेको चिरायू अस्पतालले फिल्म हेरिसकेर टिकटको कपी लिएर अस्पताल पुग्ने दर्शकलाई सबै स्वास्थ्य परिक्षणमा ५० प्रतिशतसम्म छुट दिने भएको छ । निर्माण टिम र अस्पतालबीच यस्तो सम्झौता भएको हो ।

नविन बोगटीको निर्देशनमा बनेको फिल्ममा सरोज खनाल र सरिता लामिछाने, एलिस राई, प्रभात पल, प्रेविल कडेल, आरबि कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाइँ , रेजिना मगर , सरोज बखुरेल, लालमणि भण्डारी अभिनयमा छन् । यो फिल्ममा दिर्घ गुरुङको छायांकन र प्रितम पाण्डेको सम्पादन छ । आयुष वुढाथोकी र सरोज पौडेलले लेखेको फिल्मका निर्मातामा सिनेटर खेमराज अधिकारी र रोजिता तामाङ पनि छन् ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ७ : ५२ बजे

हुरीबतासबाट रुख ढलेर उदयपुरमा दुई जनाको मृत्यु, छ घाइते

उदयपुर । उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई

रुपातालमा १० हजार जातका माछाका भुरा छाडियो

कास्की । कास्कीको लेखनाथस्थित रुपातालमा विभिन्न जातका १० हजार माछाका

नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बर्सेनि बढ्दै

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

काठमाडौं । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन

मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम

म्याग्दी । सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको