६ पुस २०८२, आइतबार | December 21, 2025

गलत काम गर्ने कसैले उन्मुक्ति पाउँदैन : गृहमन्त्री लामिछाने



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राज्यका निकायलाई निरीह बनाइएकाले आफूले गरेका कामको प्रतिफल आउन समय लाग्ने बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले अभियुक्तलाई समात्न सक्नुभएन भन्ने आरोप लागिरहेको र आफूले देखेको पनि सभामुखको रुलिङ नभएका कारण नसमातेको बताए । उनले गलत काम गर्ने गर्नेलाई कारबाही गर्न पछि नहट्ने दाबी गरे ।

उनले भने, ‘नदेख्ने भन्ने कुरा नै हुँदैन । तर सभामुखबाट रुलिङ हुनुपर्छ । मैले भनिसकेको छु, राज्यका निकायहरुलाई निरीह बनाइएको छ, नतिजा आउन समय लाग्छ । हेर्दै जानुहोला, नतिजा आउने छ । गलत काम गरेका मानिसहरु कोही पनि बाँकी रहँदैन । केही समयका लागि लुक्ने भाग्ने होला तर हामी समातेरै छोड्छौँ ।’

म्यानपावरमा संलग्न व्यक्तिलाई मन्त्री बनाएको भन्ने आरोप लगाइएको छ भन्ने प्रश्नमा उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल संलग्न भएको भए कुन म्यानपावरमा हो जानकारी दिन पनि आग्रह गरे ।

 

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  ८ : १० बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा