३ असार २०८३, बुधबार | June 17, 2026

राजकुलो सहित सरकारी जग्गा मिच्ने टाइगर रिसोर्टलाई जग्गा खाली गरिदिन अदालतको आदेश



बुटवल । राजकुलो र सार्वजनिक जग्गा मिचेर रुपन्देहीमा संचालन हुँदै आएको पाँचतारे टाइगर प्यालेस रिसोर्टलाई मिचेको सार्वजनिक जग्गा खाली गर्न जिल्ला अदालतले आदेश दिएको छ । सार्वजनिक जग्गा मिचेर संचालनमा रहेको रिसोर्ट विरुद्धको मुद्दाको सुनुवाई गर्दै रुपन्देही जिल्ला अदालतले मिचिएको सार्वजनिक जग्गा खाली गर्न रिसोर्ट संचालकलाई आदेश दिएको छ ।

जिल्ला अदालत रुपन्देहीका न्यायधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले जग्गा खालीगरिदिन आदेश दिएको हो । तिलोत्तमा नगरपालिकामा पर्ने राजकुलो र सार्वजनिक कुलो सहित करिव २३ कठ्ठा सार्वजनिक जग्गा मिचेर रिसोर्ट बनाइएको र त्यसलाई खाली गरी उक्त जग्गा पुनः सार्वजनिक प्रयोगमा ल्याउन माग गर्दै स्थानीयले अदालतमा मुद्धा दायर गरेका थिए ।

स्थानीयले दिएको निवेदन उपर बादी दाबी पुग्ने भन्दै मिचिएको जग्गा खाली गर्न आदेश भएको जिल्ला अदालतका शाखा अधिकृत अनत्तराज मरासिनीले जानकारी दिए । हङकङको बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज इन्भेष्टमेन्ट प्रालिले सञ्चालन गरेको रिसोर्ट १५ बिगाह क्षेत्रफलमा फैलिएको छ । रिसोर्टले २ बिगाह ३ कठ्ठा सरकारी सार्वजनिक जग्गा मिचेर दर्जनौं संरचना बनाएको स्थानीयले मुद्दामा दाबी प्रस्तुत गरेका छन् ।

मिचिएको भनिएको सोही जग्गामा क्यासिनो, सभाहल, स्विमिङ पुल, रेष्टुराँसमेत संचालन हुँदै आएका छन् । अदालतको उक्त आदेश कार्यान्वयनमा आउँदा रिसोर्टले बनाएको सबै संरचना भत्काउनुपर्ने छ । स्थानीयले विरोधकै बीच लगानीकर्ताले निर्माण अघि बढाएको थियो ।

सिल्भर हेरिटेजले भैरहवामा २०७४ देखि रिसोर्ट सञ्चालनमा ल्याएको थियो । तिलोत्तमा नगरपालिकाको कोटिहवामा १५ बिघा क्षेत्रफलमा फैलिएको रिसोर्टमा करिब ५ अर्ब रूपैयाँ लगानी रहेको छ ।

रिसोर्टमा प्राइम बैंकको २ अर्ब ५० करोड र विदेशी लगानीकर्ताको २ अर्ब ५० करोडसहित ५ अर्ब रुपैयाँ लगानी रहेको लगानीकर्ताको दाबी छ । जिल्ला अदालत रूपन्देही र उच्च अदालत बुटवलले जग्गा बिक्री वितरण सहितका कामकाजमा रोक लगाउने फैसला यसअघि गरेको थियो । अदालतको फैसलाले बिक्री रोकिएको थियो ।

टाइगर वान र सिल्भर हेरिटेजले अदालतका आदेशविरूद्ध अन्य निर्माणका काम अघि बढाएपछि संचालक विरुद्ध अपहेलना मुद्दा समेत परेको थियो । दुवै अदालतका आदेशहरू खारेज गर्न माग गर्दै कम्पनीले दायर गरेको मुद्दा सर्वोच्च अदालतमा बिचाराधिन छ ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ८ : ०५ बजे

रूपन्देहीमा एक महिनामा १८२ मुद्दा, ४६ फरार प्रतिवादी पक्राउ

भैरहवा । जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा जेठ महिनाभर विभिन्न प्रकृतिका

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी

जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व सङ्कलन

काठमाडौँ । देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा रु

विश्वकप हेर्न अनावश्यक तथा शङ्कास्पद ‘एप डाउनलोड’ नगर्न साइबर ब्यूरोको आग्रह

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले विश्वकप फुटबल २०२६ हेर्न

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन

काठमाडौं । सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ