२४ मंसिर २०८२, बुधबार | December 10, 2025

जिल्लास्तरीय एभरेष्ट कपको फाईलन आइतबार हुँदै



बुटवल । बुटवलमा जारी आठौं जिल्लास्तरीय अन्तर मावि एभरेष्ट कप छात्र-छात्रा भलिबल प्रतियोगिताको फाईनल खेल आइतबार हुने भएको छ ।

एभरेष्ट इङ्गलिस माविको आयोजनामा शुक्रबारदेखि शुरु भएको प्रतियोगितामा आइतबार छात्र-छात्रा दुवैतर्फको फाईनल खेल हुने भएको हो ।

शनिबार सम्पन्न क्वाटरफाईनलबाट छात्र-छात्राका चार-चार समूह सेमिफाईनलमा प्रवेश गरेका छन् । सेमिफाईनलमा प्रवेश गरेका समुहबीच आइतबार बिहान हुने खेलपछि फाईनल चरणका खेलहरु दिउसो हुने आयोजक विद्यालयका सहप्राचार्य भिमसेन गौतमले जानकारी दिए । शनिबार भएका छात्रछात्राका आठ/आठ खेलबाट सेमिफाईनलका लागि चार/चार समुह प्रवेश गरेका हुन् ।

शनिबार प्रतियोगितामा छात्रतर्फ मणिमुकुन्दले दीपलाई २-० ले पराजित गरेको छ भने सेन्टजोसेफले एभरेष्टलाई २-१ पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो ।

यस्तै न्यु होराइजनले नहरपुर माविलाई २-० ले र कुँवरवर्तीले नवज्योतिलाई २-० ले पराजित गर्दै सेमिफाईनलको यात्रा तय गरेको हो ।

त्यसैगरी छात्रातर्फ एभरेष्टले इन्भारोमेन्टलाई २-० ले, दीपले कान्तिलाई २-० ले, न्यु होराइजनले सेन्ट जोसेफलाई २-० ले र कुँवरवर्तीले नवज्योतिलाई २-० ले हराउँदै सेमिफाईनलको यात्रा तय गरेको भलिवल प्रशिक्षक अर्जुन घिमिरेले जानकारी दिए ।

उनले आइतबार सेमिफाईनलका र सेमिफाईनलपछिका फाईनल खेल हुने जानकारी दिए । प्रतियोगितामा छात्रछात्रातर्फनै विजयी हुनेले २०/२० हजार नगद, शिल्ड तथा प्रमाणपत्र हात पर्ने विद्यालयका शिक्षक माधव पौडेलले जानकारी दिए । यसैगरि उपविजेता टिमलाई नगद १५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा तृतिय टिमलाई नगद १० हजार रुपैया, रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । प्रतियोगितामा छात्रतर्फ १९ र छात्रातर्फ १० टिमले भाग लिएका थिए ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ७ : १७ बजे

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

एनपीएल एलिमिनेटरमा काठमाडौं पराजित, लुम्बिनी दोस्रो क्वालिफायरमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ अन्तर्गत बुधबार सम्पन्न

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय