२२ असार २०८३, सोमबार | July 6, 2026

शहीद सप्ताहको पहिलो दिन शास्त्रीको सम्झना



काठमाडौं । शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको स्थान टेकुको पचलीमा स्मृति सभा आयोजना गरी आजबाट शहीद सप्ताह सुरु गरिएको छ । परिवारमै सीमित शासकीय शक्ति जनतामा पु-याउन बलिदान दिने शहीदको योगदानको सम्मानमा हरेक वर्ष काठमाडौं महानगरपालिकाको आयोजनामा माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाउने गरिएको छ ।

शहीद शास्त्रीलाई प्राणदण्ड दिइएको स्थानमा महानगरप्रमुख एवं शहीद सप्ताह मूल समारोह समितिका संयोजक बालेन्द्र साह, उपप्रमुख सुनिता डङ्गोल, महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीसहितले शहीदको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै उनको योगदानको स्मरण गरे ।

विसं १९५०मा बनासरमा जन्मिएका शास्त्रीले भारतकै देहरादुनबाट प्रारम्भिक शिक्षा गरेका थिए । धार्मिक गतिविधिबाट जहानियाँ शासनविरुद्ध जागरण अभियान सञ्चालन गर्ने क्रममा १९९४ मङ्सिर १३ गते इन्द्रचोकमा मानिसलाई भेला गराएर तात्कालिन सरकारको आलोचना गरेको आरोप लगाएर उनलाई पक्राउ गरिएको थियो ।

यसैगरी धर्मभक्त माथेमालाई माघ १३ गते र गङ्गालाल श्रेष्ठ तथा दशरथ चन्दलाई माघ १५ गते प्राणदण्ड दिइएको थियो । शहीद सप्ताहको अन्तिम दिन यही माघ १६ गते शान्ति बाटिकाबाट सुरु गरिने प्रभातफेरी लैनचौरस्थित शहीदपार्कमा पुगी ज्ञातअज्ञात शहीदका सम्झनामा स्मृतिसभा परिणत हुने जनाइएको छ । कामपाले प्रजातन्त्र प्राप्तिका लागि प्राणदण्ड दिइएका चार शहीदहरुको पूर्णकदको शालिक उनीहरुले शहादत प्राप्त गर्नुभएकै स्थानमा निर्माण गरिसकेको छ । विसं २०७५ मा शुक्रराज शास्त्रीको शालिक स्थापना गरिएकामा धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको शालिक २०७६ मा स्थापना गरिएको थियो ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  १२ : ४१ बजे

अन्तरजातीय विवाह गरेका २५ जोडी सम्मानित

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाले दलित समुदायसँग अन्तरजातीय विवाह गरेका

अन्ततः आमिर खानले गरे ६१ बर्षमा तेस्रो विवाह

मुम्बई । ‘वास्तविक जीवनमा होइन, केवल कथाहरूमा मात्र दोस्रो मौका

सहआयोजक मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा

काठमाडौं । इङ्ग्ल्यान्ड फिफा विश्वकप, २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको

चौबीस घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार १७६

रुपन्देहीमा बोरिङको भरमा धान रोपाईं

भैरहवा । मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा रुपन्देहीका