१६ बैशाख २०८१, आइतबार | April 29, 2024

सेयर बजार ८.१५ अंकले बढ्याे, कारोबार रकम भने घट्यो



काठमाडौं ।  सेयर बजारमा मंगलबार कारोबार रकम घटेको छ । कारोबार रकम घटे पनि परिसूचक भने ८.१५ अंकले बढेर २१७३.२५ विन्दु आएर रोकिएको छ ।

कुल १०९ कम्पनीको मूल्य बढ्दा ८९ को घट्यो भने १० को स्थिर रहृयो । सोमबार भने ३ अर्ब ८६ करोड रुपैयाँको कारोबार भएको थियो । २४८ कम्पनीको कारोबारमा ८३ लाख १८७ कित्ता सेयर खरिदबिक्री हुँदा मंगलबार ३ अर्ब भन्दाबढीको कारोबार भएको छ ।

विकास बैंक ९, फाइनान्स ७७, होटल तथा पर्यटन १०, जलविद्युत् २८, जीवन बीमा १, माइक्रोफाइनान्स ४, निर्जीवन बीमा ६०, अन्य ३९ र ब्यापार उपसमूह ४ अंक बढे ।

सानिमा जनरल इन्स्योरेन्सको मूल्य १० प्रतिशत वृद्धि भएको छ । सूर्योदय लघुवित्तको ९.७ प्रतिशत र मैलुङखोलाको मूल्य सबैभन्दा धेरै ५.४ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा नेपाल टेलिकम, शिवश्री हाइड्रो, अपी पावर, माथिल्लो तामाकोसी र एनआईसी एसिया बैंक अगाडि रहे ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ४ : ४४ बजे

सम्पत्ति शुद्धीकरण मुद्दामा न्यौपानेलाई तीन वर्ष कैद

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ

आज राति कोसी, बागमती, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

गौशालामा आहारा खुवाएर बुटवल उपमहानगर कर्मचारी एशोसिएसनले मनायो २७ औँ स्थापना दिवस

बुटवल । शिवनगर सामुदायीक वनमा नन्दिनी गौशालामा रहेका गाई/गोरुहरुलाई आहारा

प्रधानमन्त्रीद्वारा मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क