६ श्रावण २०८३, बुधबार | July 22, 2026

बारामा अवैध रुपमा भित्र्याएको भारतीय मल छ्याप्छ्याप्ती



बारा । सरकारी अनुदानको रासायनिक मलको अभाव भएपछि बारामा चोरी निकासी भई आएको भारतीय युरिया मल बजारमा छ्याप्छ्याप्ती भएको छ ।

सरकारले प्रयाप्त मात्रामा मल उपलब्ध गराउन नसक्दा बाली लगाउने बेलामा भारतीय गुणस्तरहिन अवैध मल किन्न किसान बाध्य बनेका छन् ।

सीमामा खटिएका नेपाल प्रहरी तथा शसस्त्र प्रहरीलाई मोटो रकम बुझाउँदै भित्रिने भारतीय मल सदरमुकाम कलैयामा छ्याप्छ्याप्ती भएको हो । महँगो र गुणस्तरहिन भएपनि नेपाली मलको अभावमा भारतीय मल किन्नु परेको किसानहरु बताउँछन् ।

नेपाली युरिया मल ८००देखि ९०० सम्म पर्छ । तर पाइँदैन । स्थानीय सहकारी संस्थाले मल ल्याउन नपाएको धेरै दिन भएको छ । मकै बालीलाई मल अत्यावश्यक भइसेकाले बाध्यताले भारतीय मल किन्नु परेको बारा कलैया उपमहानगरपालिका १६ उत्तरझिट्कैंयाका किसान राजु पटेलले बताए ।

भारतबाट चोरबाटो हुँदै धामाधम मल आएकै छ । सिमामा प्रहरीलाई नमिलाई ल्याउन गाह्रो छ । प्रहरीसँगको मिलेमत्तोम मल तस्करहरुले दैनिक पचासौं मोटरसाइकलमा ५ बोरासम्म लोड गरेर मल आउने गरेको कलैयाका एकजना व्यापारीले बताए ।

यसरी भित्रिएका रासायनिक मल यूरिया १ हजार ३ सय देखी १ हजार ३५० रुपैयाँसम्म विक्री भइरहेको छ । खुद्रा व्यापारीले भारतबाट मल ल्याउने मत तस्करहरूसँग एक हजार २०० सम्म किन्ने गरेको उनले बताए ।

‘सरकारले प्रयाप्त दिन सक्दैन । किसानको जीवन त चोरी पैठारीबाट आउने मलले नै चलाएको छ । सिजनका सरकारको भरपर्ने अवस्था छैन । सरकारी अनुदानको मल अभावमा मंहगो मुल्यमा भारतीय मल किन्न बाध्य छौं’, अर्का किसान सीमा यादवले बताइन् ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ४ : ४९ बजे

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय

आज ४४ औँ विपी स्मृति दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न