४ चैत्र २०८२, बुधबार | March 18, 2026

बुटवल औद्योगिक क्षेत्रका उद्योगीहरुको ३ दिने औद्योगिक क्षेत्रको अवलोकन भ्रमण



बुटवल । बुटवल औद्योगिक क्षेत्र उद्योग संघले आफ्नो वार्षिक कार्यक्रम अन्तरगत ३ दिने संघसंस्था तथा औद्योगिक क्षेत्र अध्ययन अवलोकन भ्रमण सम्पन्न गरेको छ । बुटवल औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगहरुका सञ्चालक, संघका पदाधिकारी तथा उद्योग प्रतिनिधिहरुको सहभागितामा बाँके र वर्दियाका उद्योग प्रतिष्ठान एवं पर्यटकिय क्षेत्रहरुको अध्ययन अवलोकन गरिएको संघले जनाएको छ ।

भ्रमणका क्रममा विषेशगरि औद्योगिक क्षेत्रभित्र रहेका उद्योग प्रतिष्ठानहरुको अवलोकन तथा उद्योगीहरुसंग अन्तरक्रिया गरिएको संघका अध्यक्ष हिरामणी भट्टराईले बताए । त्यसक्रममा भ्रमण टोलीले नेपालगंज औद्योगिक क्षेत्र उद्योग संघ र त्यहा रहेका उद्योगीहरुसंग अन्तरक्रिया गरेको जनाइएको छ । त्यस अवसरमा औद्योगिक क्षेत्रमा उद्योग सञ्चालनका क्रममा देखिएका समस्या र त्यसको समाधानका लागि संघहरुवीच सहकार्य गरेर अगाडी बढ्नुपर्ने कुरामा जोड दिइएको थियो ।

कार्यक्रममा बोल्दै भ्रमण टोलीमा सहभागी नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघका केन्द्रीय उपाध्यक्ष एवं नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलमले देशभरका उद्योगहरुले पछिल्ला दिनमा आर्थिक संकटको समस्या भोगिरहेको उल्लेख गर्दै यो अवस्था लामो समयसम्म रहेमा देश कै अर्थतन्त्र विग्रने बताए । उनले औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगहरुका समस्याका विषयमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड समारात्मक नरहेको बताउदै भाडा बृद्धिका विषयमा आन्दोलन बाहेक अर्को विकल्प नभएको धारणा राखे ।

कार्यक्रममा भ्रमणको उद्देश्यका बारेमा धारणा राख्दै बुटवल औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष हिरामणी भट्टराईले एकै प्रकारका समस्याहरु भोगेका उद्योगीहरुवीच समयसमयमा हुने अन्तरक्रिया र भेटघाटले समस्यासंग जुध्न बल प्रदान गर्ने बताए । उनले उद्योगीहरुका आवश्यक्ता र समस्यामा सबै एक भएर अगाडी बढ्नुको विकल्प नभएको बताउदै नेपालगंजका उद्योगीहरुलाई रुपन्देहीको भ्रमणका लागि आग्रह गरेका थिए ।

त्यस अवसरमा नेपालगंज औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष किरणकुमार कार्की, निर्वतमान अध्यक्ष राजेश मास्के, शिखर प्लाईका सञ्चालक चम्पालाल बोधरा, रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेल लगायत बोलेका थिए ।

संघका अध्यक्ष हिरामणी भट्टराईको नेतृत्वमा रहेको टोलीले बर्दियाको पर्यटकिय स्थल बर्दिया राष्ट्रिय निकुञ्ज, कैलालीको टिकापुर पार्क, कर्णाली पुल चिसापानी लगायतको क्षेत्रको अध्ययन अवलोकन भ्रमण गरेको थियो ।

 

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ८ : ०३ बजे

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन

कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा हुँदै

भक्तपुर । नेपाल बार एशोसिएशनको आयोजनामा कानुन व्यवसायी महिलाहरूको ३२औँ

राजनीतिक दललाई जनताले ३६ वर्ष कुरे, हामीलाई ३६ महिना पनि कुर्दैनन् : सभापति लामिछाने

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

खोटाङ हेलिकोप्टर दुर्घटनाका पाइलटसहित सबै यात्रु सकुशल : एयर डाइनेस्टी

काठमाडौं । एयर डाइनेस्टी हेली सर्भिसेज प्रा।लि।ले खोटाङमा बुधबार भएको