१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

निजी क्षेत्रका हरेक एजेण्डामा महासंघको साथ रहनेछ : वरिष्ठ उपाध्यक्ष ढकाल



काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघ स्थानीय उद्यमी व्यवसायीको हितमा काम गर्न सदैव तत्पर रहेको बताएका छन् ।

इटहरी उद्योग वाणिज्य संघको २३औँ र २४औँ वार्षिक साधारणसभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले महासंघले निजी क्षेत्रको एजेण्डालाई लिएर अगाडि बढ्ने र निजी क्षेत्रका हरेक एजेण्डामा जिल्ला/नगर उद्योग व्यवसायी संघहरुसँग महासंघ साथसाथै रहने प्रतिवद्धता समेत व्यक्त गरे ।

“म केही समयपछि नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष हुदैछु । म यहाँहरुसँग के प्रतिवद्धता व्यक्त गर्न चाहन्छु भने तपाईहरुले उठाउने हरेक एजेण्डामा महासंघको साथ र समर्थन रहने छ । म व्यक्तिगत रुपमा पनि तपाईहरुसँगै हुनेछु । जिल्ला/नगरका व्यवसायी साथीहरुले कुनै पनि सम्भावित योजना ल्याउनुभयो भने त्यसलाई राष्ट्रिय/अन्तर्राष्ट्रिय रुपमा अगाडि बढाउने जिम्मा हाम्रो हुनेछ,” उनले भने

ग्लोबल आइएमई बैंकका अध्यक्ष समेत रहेका ढकालले कर्जाको व्याजदर कुनै एउटा बैंक तथा वित्तीय संस्था वा नियमनकारी निकायको मात्र नियन्त्रमा नहुने बताए ।
“कर्जाको व्याजदर कुनै बैंक, वित्तीय संस्था वा नियमनकारी निकायको मात्र नियन्त्रणमा हुँदैन । यसमा विभिन्न आन्तरिक तथा बाह्य विषय वस्तुहरुको प्रभाव रहन्छ । केही समय पहिलेको दुई/तीन प्रतिशतको निक्षेपको व्याजदर अहिले १०/११ प्रतिशत पुगेको छ । त्यसैले कर्जाको व्याजदर स्वतः बढेको हो,” उनले बताए ।

उनले आफूलाई बैंकले दिने प्रतिफलभन्दा अन्य व्यवसायमार्फत आउने प्रतिफल बढी भएको हुँदा बैंक व्याजदर घट्दा आफूलाई पनि राहत पुग्ने बताए । “म कुनै एउटा बैंकको सञ्चालक समितिको अध्यक्ष हो । तर बैंकको शेयरको तुलनामा अन्य व्यवसायमा मेरो लगानी बढी छ । त्यसैले बैंकले दिने प्रतिफल भन्दा अन्य व्यवसायबाट आउने प्रतिफल धेरै बढी हुन्छ । व्याजदर घट्दा मलाई पनि राहत हुन्छ,” उनले भने ।

उनले केही व्यवसायीहरुले चुनावी एजेण्डा बनाउन खोज्दा बैंक र व्यवसायीबीचको दूरि बढेको समेत उल्लख गरे । उनले राज्यको प्राथमिकता र आम जनतालाई सेवा पुग्ने व्यवसाय जसले नाफा सृजना गर्न सक्छ त्यस्तो व्यवसाय सधै सफल हुने बताए ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ७ : २४ बजे

आइतबारसम्म मतपत्र छपाइ सकिने

भक्तपुर । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

माघ मसान्तसम्म ४० प्रतिशत बजेट खर्च, विकास खर्च १५ प्रतिशतमा खुम्चियो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा सरकारको

देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले देशलाई निकास दिन आगामी निर्वाचनको

लोकतान्त्रिक मूल्य र आदर्शलाई थप सशक्त बनाउन कांग्रेसको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसले सभापति गगनकुमार थापा नेतृत्वमा पार्टीले सङ्गठन

बाँकेको खजुरामा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निश्क्रिय

खजुरा । बाँकेको खजुरामा एकाबिहानै भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले