२७ श्रावण २०८३, बुधबार | August 13, 2026

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री लगायतले गरे हनुमानढोकामा वसन्त श्रवण (फोटोफिचर)



काठमाडौं । वसन्त श्रवणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हनुमानढोका पुगेर वसन्त श्रवण गरेका छन् ।

बिहान १०ः४७ को शुभ साइतमा हनुमानढोका दरबार हेरचाह अड्डाका पण्डित देवराज अर्यालले महाकवि जयदेव पन्तद्वारा रचित गुरु गोविन्द महाकाव्यको वसन्त राग श्रवण गराएका थिए । सो अवसरमा वाद्यवादन पनि प्रस्तुत गरिएको थियो ।

वसन्त श्रवणमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन, प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, सभामुख, सांसदहरू, संवैधानिक अंकका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायतको उपस्थिति थियो ।

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमी अर्थात् वसन्त पञ्चमीका दिन हनुमानढोका दरबार क्षेत्रका नासलचोकमा वसन्त श्रवण गर्ने परम्परा छ । आजै विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।

 

 

 

प्रकाशित मिति : १२ माघ २०७९, बिहिबार  १२ : ४३ बजे

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले संयुक्त राज्य अमेरिकामा बालबालिका

१५ बुँदे सङ्कल्पसहित एनआरएनएको ‘डब्लिन घोषणापत्र’ जारी

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १७औँ युरोप क्षेत्रीय सम्मेलनले

सुत्केरीसहित दुई जनाको हवाई उद्धार, ज्यान जोगियो

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट एक सुत्केरीसहित दुई जनाको नेपाली

एमाले बागमती संसदीय दलको नेता हटाउन अविश्वास प्रस्ताव दर्ता

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ

परराष्ट्र नीतिलाई सन्तुलित र परिणाममुखी बनाउनुपर्नेमा जोड

काठमाडौं । बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय परिवेशमा नेपालको परराष्ट्र नीतिको