२० मंसिर २०८२, शनिबार | December 6, 2025

पर्यटकीय क्षेत्रको विकासमा लुम्बिनी प्रदेश सांसद खत्रीको चासो



नेपालगन्ज । लुम्विनी प्रदेशसभाका सांसद रत्न खत्रीले बाँकेको बैजनाथ गाउँपालिकामा रहेको गाभर भ्यालीलाई पर्यटकीय गन्तव्यका रुपमा अघि बढाउनका लागि प्रदेश सरकार मातहतका निकायको ध्यानाकर्षण गराएका छन् । बाँके ३ (१)बाट निर्वाचित सांसद खत्रीले बिहिवार गाभार भ्यालीका स्थानीयसँग छलफल गर्दै त्यस क्षेत्रको पर्यटनको सम्भावनाका विषयमा चासो व्यक्त गरेका हुन् ।

उनले प्रदेश सरकार मातहतको भवन डिभिजन कार्यालयका निमित्त प्रमुख रामआश्रय शाह सहित गाभर भ्याली पुगेर आगामी दिनमा गर्न सकिने योजनाका विषयमा स्थानीय बासिन्दासँग छलफल गरे । भवन डिभिजन कार्यालयले गाभरमा सडक निर्माण गर्दैछ । सांसद खत्रीले सडक निर्माणका लागि बाँके राष्ट्रिय निकुञ्जसँग आफुले आवश्यक समन्वय गरि काम अघि बढाउन सहयोग गर्ने बताए । उनले पर्यटकीय विकासका लागि पर्यटन कार्यालयसँग आवश्यक सहकार्य गरि अघि बढ्ने पनि बताए ।

वडा अध्यक्ष रुपबहादुर मल्ल सहितका स्थानीय बासिन्दासँग अन्तरक्रिया गर्दै सांसद खत्रीले गाभरको पर्यटकीय विकासका लागि आफुले सक्दो पहल गर्ने आश्वासन दिए ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहिबार  २ : ३१ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय