२३ बैशाख २०८३, बुधबार | May 7, 2026

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादीको निर्णय



काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोज्न पहल गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोज्न अन्य दलहरुसँग छलफल गर्ने निर्णय गरेको हो ।

बैठकपछि पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले भने, ‘राष्ट्रिय सहमतिअनुसार नै राष्ट्रपति चयन गर्न पहल गर्ने कुराकानी भएको छ । कहाँ कसरी राष्ट्रिय सहमति खोज्न सकिन्छ भन्नेबारेमा दलहरूसँग छलफल गर्छौं, ।’ राष्ट्रिय सहमति गर्दा नेकपा एमालेलाई धोका दिएको अर्थ नलाग्ने उनले दाबी गरे ।

यसअघि गत पुस १० गते एमाले माओवादीबीच राष्ट्रपति एमालेले लिने, प्रधानमन्त्री र सभामुख आधाआधा कार्यकाल माओवादी र एमालेले लिने समझदारी भएको थियो ।

राष्ट्रपतिको निर्वाचन फागुन २५ देखि २८ गतेभित्र हुने पनि महराले बताए ।

आजको बैठकमा महराले पार्टी एकतासम्बन्धी प्रतिवेदन पेश गरेका छन् । यस्तै उपमहासचिव जनार्दन शर्माले संठनसम्बन्धी प्रतिवेदन र गिरिराजमणि पोखरेलले स्कुलिङसम्बन्धी प्रतिवेदन पेश गरेका छन्।

स्थायी समिति बैठक माघ १६ गते बस्नेछ ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ४ : ५० बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा