३ पुस २०८२, बिहिबार | December 19, 2025

शाहरुख र दीपिका सहकार्य, बक्सअफिसमा सधैं अब्बल



मुम्बई । बहुप्रतिक्षित फिल्म ‘पठान’ गत जनवरी २५मा रिलिज भयो । रिलिजसँगै फिल्मले बक्सअफिसमा ब्लकबस्टर व्यापार गरिरहेको छ । थिएटरका टिकट घरमा ऐतिहासिक टिकट बिक्री हुने क्रम जारी छ । फिल्मले भारतको गणतन्त्र दिवसका दिन ७० करोडको व्यापार गर्यो ।

यो व्यापारले अभिनेता शाहरुख खान वर्तमान समयमा पनि बलिउडको सुपरस्टारमध्ये एक हुन् भन्ने प्रमाणित गरेको छ । यतिमात्र होइन, अभिनेत्री दीपिका पादुकोणसँगको शाहरुखको सहकार्य बक्सअफिसका लागि सफल र ऐतिहासिक रहेको पनि प्रमाणित गरिसकेको छ ।

यी दुई आकर्षक कलाकारले सन् २००७ मा फिल्म ‘ओम शान्ति ओम’मा सहकार्य गरेका थिए । दीपिकाका लागि यो फिल्म डेब्यू थियो । यो फिल्मले तत्कालीन समयमा सँगै रिलिज भएको फिल्म ‘सावरिया’सँग जुध्दा पनि ५ दशमलब ५३ करोडको एकदिनको कमाई गरेको थियो ।

त्यो समयमा ‘ओम शान्ति ओम’ले सप्ताहन्त २१ दशमलब ४७ करोडको व्यापार गरेको थियो । यसको लाइफटाइम कमाई ७८ दशमलब १७ करोड थियो । जबकि शाहरुखकै अभिनय रहेको सन् २००६ को फिल्म ‘धुम २’को लाइफटाइम कलेक्सन ८१ दशमलब ०१ करोड छ ।

६ वर्षपछि शाहरुख र दीपिका फिल्म ‘चेन्नाइ एक्सप्रेस’मा जोडिए । फिल्ममा दीपिकाको मिनाम्मा चरित्रलाई दर्शकले अहिले पनि सम्झन्छन् । रोहित शेठ्ठी निर्देशित फिल्म ‘चेन्नइ एक्सप्रेस’को रेकर्ड ओपनिङ व्यापार ३३ दशमलब १२ करोड थियो । यसको सप्ताहन्त व्यापार १ सय दशमलब ४२ करोड थियो । यो फिल्म रिलिजको साढे ३ वर्षपछि मात्र आमिर खानको फिल्म ‘३ इडियट्स’ले त्यसमा ब्रेक लगायो ।

त्यसको एक वर्षपछि सन् २०१४ मा फिल्म ‘ह्याप्पी न्यू इयर’ बन्यो । यसमा प्रमुख अभिनेत्रीको रुपमा दीपिका नै थिइन् । फिल्मले ओपनिङ ४४ दशमलब ९७ करोडबाट गरेको थियो ।

अहिले ‘पठान’ले पनि यही समानता पाइरहेको छ । फिल्म एक्सन फ्लेभरको भए पनि दीपिका र शाहरुखको प्रेमले दर्शकलाई मोहित बनाएको छ । बलिउडमा अहिले एउटा भनाई खुबै चर्चामा छ । ‘जब शारुख खान र दीपिका पादुकोण एकापसाम भेट्छन्, तब रेकर्ड ब्रेक हुन्छ’ भन्ने भनाई लोकप्रिय बनिरहेको छ ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ११ : ११ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको