१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

२४ लाख गायत्री मन्त्र जप गरेपछि गोविन्दा बन्ने हिरो



मुम्बई । बलिउडका ‘राजा बाबू’ अर्थात् गोविन्दाले आफ्नो स्टारडमका कारण बलिउडमा कुनै समय सबैलाई हैरान बनाएका थिए । एक समय यस्तो थियो कि गोविन्दाको नामले नै फिल्म सुपरहिट हुन्थ्यो । ठूला स्टार पनि गोविन्दाको अगाडि आफ्नो फिल्म रिलिज गर्न डराउँथे ।

गोविन्दाले आफ्नो करियरको सुरुवात सन् १९८६ मा रिलिज फिल्म ‘इल्जाम’बाट गरेका थिए । उनको सोही वर्ष  अर्को फिल्म ‘लव डट’ रिलिज भयो । दुवै फिल्म बक्सअफिसमा सुपरहिट भयो । यद्यपि सन् १९९२ मा रिलिज फिल्म ‘शोला और शबनम’ले गोविन्दाले कमेडी किंगको पदक नै पाए । आफ्नो करियरमा १ स्य ६५ भन्दा बढी फिल्ममा अभिनय गरेका गोविन्दाले कम उमेरमै सफलता पाए । उनी जहिल्यै आमालाई यसको श्रेय दिन्छन् ।

गोविन्दाका अनुसार उनले केवल १४ वर्षकै उमेरमा २४ लाख गायत्री मन्त्रको जप गरेका थिए । ‘मैले जे पाएँ, आमा बाबुको आशीर्वादबाट पाएँ । खास रुपमा आमाको नाम यसकाण लिन्छु कि जब म १४ वर्षको थिएँ । त्यो बेला आमाले मलाई गायत्री उपासना गर्नु भन्नुभयो । मैले २४ लाख गायत्री उपासना गरें । म कहिल्यै हिरो देखिन्न थिएँ । तर गायत्री मन्त्र जपेपछि म हिरो देखिन थालें’, उनले भनेका छन् ।

गोविन्दाले मात्र २२ वर्षको उमेरमा एकसाथ ५० फिल्म साइन गरेका थिए । यस्तो घटना मुम्बई फिल्म उद्योगमा कहिल्यै भएन । यति धेरै फिल्म साइन गरेपछि गोविन्दालाई लिएर एक पत्रिकाले कभर स्टोरी गरेको थियो, जसमा उनलाई ‘सुनको अण्डा दिने कुखुरी’ भनिएको थियो ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ८ : १६ बजे

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व, लक्ष्य हासिल गर्न असफल

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

नेपालको पर्यटन विश्वमाझ पु¥याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

काठमाडौँ । नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको