२२ असार २०८३, सोमबार | July 6, 2026

नागरिकता लिन रवि लामिछाने जिल्ला प्रशासन काठमाडौंमा



काठमाडौं । अदालतको आदेशमा अनागरिक बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका छन् ।

शुक्रबार साँझबाट अनागरिक बनेका लामिछाने आज कार्यालय खुले लगत्तै नागरिकता लिन जिल्ला प्रशासन पुगेका हुन् ।

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनःप्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार रवि लामिछानेले प्रयोग गरेको नागरिकता खारेज गरिदिएको थियो ।

उनका समर्थक पनि उनीसँगै जिल्ला प्रशासन कार्यालय पुगेपछि अहिले जिल्ला प्रशासन कार्यालय काठमाडौं परिषरमा ठूलो भीड जम्मा भएको छ ।

नागरिकता मुद्दामा विपक्षमा फैसला आएसँगै उनको उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पद स्वतः रिक्त भएको थियो ।

अदालतको फैसलाकै आधारमा रवि अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनःप्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका हुन् ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  १२ : ३१ बजे

अर्थमन्त्री वाग्ले र एडीबीका अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष

सार्वजनिक स्थलमा महिलासामु अश्लील हर्कत गरेको आरोपमा शिक्षा अधिकृत पक्राउ

काठमाडौं । सार्वजनिक स्थलमा एक महिलासामु अश्लील हर्कत गरेको आरोपमा

बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा, सीप र सकारात्मक व्यवहार आवश्यक

नेपालगन्ज । कानुनी विवादमा परेका बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा,

भन्सार सुधारका लागि एडीबीले नेपाललाई ५ करोड अमेरिकी डलर ऋण दिने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मसातो कान्डाले नेपालको

२६ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज