६ माघ २०८२, मंगलबार | January 20, 2026

म्याग्दीमा कुष्ठरोगका नयाँ बिरामी शून्य


१६ माघ २०७९, सोमबार  

156
Shares

बेनी । म्याग्दीमा कुष्ठरोगका नयाँ बिरामीको सङ्ख्या शून्यमा झरेको छ । दुई आर्थिक वर्षदेखि जिल्लामा कुष्ठरोगका नयाँ बिरामी पहिचान नभएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सत्तरीऔँ विश्व कुष्ठरोग दिवसका अवसरमा आइतबार बेनीमा आयोजित पत्रकार अन्तक्र्रिया कार्यक्रमा स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले जिल्लामा कुष्ठरोगका नयाँ बिरामी पहिचान नभएको जानकारी दिए । “दुई वर्षयता जिल्लामा स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा कोही पनि नयाँ कुष्ठरोगका बिरामी दर्ता भएका छैनन्, जिल्ला बाहिरका स्वास्थ्य संस्थामा पुगेर उपचार गरेकाको विवरण जिल्लामा अभिलेख हुँदैन, केहिले जिल्ला बाहिरबाट कुष्ठरोगको उपचार गराएको हुनसक्छ हाम्रो अनुमान छ”, उनले भने ।

कार्यालयका अनुसार, दुई वर्षअघि जिल्लामा कुष्ठरोगका बिरामीको सङ्ख्या १३ थियो । अहिले दुई वर्षअघि नै पहिचान भएका पाँच जनाले उपचार गराइरहेका छन् । दुई वर्षअघि प्रति १० हजार जनसङ्ख्यामा एक दशमलव नौ प्रतिशतमा कुष्ठरोग देखिएकोमा अहिले कुष्ठरोगको सङ्क्रमणदर घटेर शूल्य दशमलव.४७ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

कार्यक्रममा बेनी अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा शङ्कर लामिछानेले कुष्ठरोगको पहिचान समयमै भएर उपचार गरेमा रोग निको हुने र कुष्ठरोगका कारण हुनसक्ने अपाङ्गतालगायतका स्वास्थ्य समस्यासमेत नहुने भएकाले लक्षण देखिएका र पहिचान भएका बिरामीले उपचार गराउनुपर्ने बताए । उनले छ देखि १२ महिनासम्म नियमित औषधि सेवन गरेमा कुष्ठरोगको उपचार हुने भएकाले कुष्ठरोगलाई भेदभाव र लान्छनाको दृष्टिकोणबाट हेर्न नहुने बताए ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ८ : ०४ बजे

सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य निरन्तर वृद्धि भएको छ

भरतपुर महानगर प्रमुख रेणु दाहालले दिइन पदबाट राजीनामा

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले पदबाट राजीनामा दिएकी

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै क्षेत्रमा उम्मेदवारी दर्ता प्रक्रिया सुरु

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

कांग्रेस सभापति गगन थापाले फेरे निर्वाचन क्षेत्र, सर्लाही-४ बाट उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो निर्वाचन क्षेत्र

ओखलढुंगामा रामहरि खतिवडाको टिकट खोसियो, कांग्रेसको नयाँ उम्मेदवार कुमार लुईंटेल

काठमाडौं । नेपाली कांग्रेसले ओखलढुंगामा प्रतिनिधिसभा सदस्यका लागि तय गरिएको