काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका-११, लोकाहास्थित पूर्व-पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार २०८३ कात्तिक ३० गते बिहान करिब ६ः४० बजे धनगढीबाट काठमाडौं आउँदै गरेको सु.प्र.०१-००१ ख ३४७५ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकमा पल्टिएको हो ।
दुर्घटनामा बसमा सवार २५ जना घाइते भएका छन् । घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई उपचारका लागि डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल पठाइएको छ ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरूको विस्तृत विवरण आउन बाँकी रहेको छ ।
















प्रतिक्रिया