७ श्रावण २०८३, बिहिबार | July 23, 2026

बलात्कार काण्डमा कैद भुक्तान गरिरहेका खुमबहादुरले जेल भित्रै गरे बलात्कार



दाङ । तुलसीपुर कारागारमा पुरुष कैदी चौकीदारले महिला चौकीदारमाथि जबर्जस्ती करणी गरेका छन् । कैदी चौकीदारले पाउने छुटको दुरुपयोग गर्दै पुरुष बन्दी चौकीदार खुमबहादुर चौधरीले महिला बन्दी चौकीदार माथि जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ । कात्तिक १७ गते तुलसीपुर स्थित कारागारमा कैदी बन्दी रहेका तुलसीपुर उपमहानगरपालिका ६ डुम्रीगाउँका २८ वर्षीय खुमबहादुर चौधरीले कारगारमै बन्दी रहेकी कैदीमाथि जबरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक पर्वत बहादुर केसीका अनुसार गत कार्तिक १७ गते दिउँसो करिब सवा २ बजेको समयमा पीडितले भान्सामा पानी तताउन लागेको अवस्थामा पीडक भान्सामा पसेर ढोकाको चुकुल लगाएर मुख थुनेर जबरजस्ती करणी गरेका थिए ।

प्रहरीका अनुसार पीडित र पीडक दुबैजना कारागारमा चौकीदार थिए । कारगारमा चौकीदार हुँदा पाउने छुटको दुरुपयोग गर्दै बलात्कारको घटना घटेको बताइएको छ ।

खुमबहादुर यसअघि पनि जबरजस्ती करणीमा कैद भुक्तान गर्दै आएका छन् भने पीडित महिला ठगी मुद्दामा कैद भुक्तानी गर्दै आएकी छन् ।

पुनः कारागार भित्र कैदीलाई जबरजस्ती करणी गरेको घटनापछि ७ देखि १० वर्षसम्म कैद सजाए हुन सक्ने बताइएको छ । प्रहरीले पुस १६ गते आरोपित, पीडित लगायत साक्षीहरूको बकपत्र भइसकेको पनि उनको भनाइ छ । अहिले पीडित तुलसीपुर कारागारमा रहेको र पीडकलाई घोराही कारागारमा स्थानान्तरण गरिएको पहरीले जनाएको छ ।

आरोपी चौधरीले तुलसीपुरको नयाँ बसपार्कमा बलात्कार गरेको पुष्टी भएपछि दाङ जिल्ला अदालतले २०७२ साल मंसिर ६ गते ६ वर्ष कैद फैसला गरेपछि कैद भुक्तान गरिरहेका थिए ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ७ : १५ बजे

विश्वकप लिग-२ : पहिलो जितको खोजीमा नेपाल, आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यक : महालेखापरीक्षक राया

काठमाडौं । महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको

साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशुसेवा विभाग

चितवन । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ