१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

बलात्कार काण्डमा कैद भुक्तान गरिरहेका खुमबहादुरले जेल भित्रै गरे बलात्कार



दाङ । तुलसीपुर कारागारमा पुरुष कैदी चौकीदारले महिला चौकीदारमाथि जबर्जस्ती करणी गरेका छन् । कैदी चौकीदारले पाउने छुटको दुरुपयोग गर्दै पुरुष बन्दी चौकीदार खुमबहादुर चौधरीले महिला बन्दी चौकीदार माथि जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ । कात्तिक १७ गते तुलसीपुर स्थित कारागारमा कैदी बन्दी रहेका तुलसीपुर उपमहानगरपालिका ६ डुम्रीगाउँका २८ वर्षीय खुमबहादुर चौधरीले कारगारमै बन्दी रहेकी कैदीमाथि जबरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक पर्वत बहादुर केसीका अनुसार गत कार्तिक १७ गते दिउँसो करिब सवा २ बजेको समयमा पीडितले भान्सामा पानी तताउन लागेको अवस्थामा पीडक भान्सामा पसेर ढोकाको चुकुल लगाएर मुख थुनेर जबरजस्ती करणी गरेका थिए ।

प्रहरीका अनुसार पीडित र पीडक दुबैजना कारागारमा चौकीदार थिए । कारगारमा चौकीदार हुँदा पाउने छुटको दुरुपयोग गर्दै बलात्कारको घटना घटेको बताइएको छ ।

खुमबहादुर यसअघि पनि जबरजस्ती करणीमा कैद भुक्तान गर्दै आएका छन् भने पीडित महिला ठगी मुद्दामा कैद भुक्तानी गर्दै आएकी छन् ।

पुनः कारागार भित्र कैदीलाई जबरजस्ती करणी गरेको घटनापछि ७ देखि १० वर्षसम्म कैद सजाए हुन सक्ने बताइएको छ । प्रहरीले पुस १६ गते आरोपित, पीडित लगायत साक्षीहरूको बकपत्र भइसकेको पनि उनको भनाइ छ । अहिले पीडित तुलसीपुर कारागारमा रहेको र पीडकलाई घोराही कारागारमा स्थानान्तरण गरिएको पहरीले जनाएको छ ।

आरोपी चौधरीले तुलसीपुरको नयाँ बसपार्कमा बलात्कार गरेको पुष्टी भएपछि दाङ जिल्ला अदालतले २०७२ साल मंसिर ६ गते ६ वर्ष कैद फैसला गरेपछि कैद भुक्तान गरिरहेका थिए ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ७ : १५ बजे

चुनावी असफलताबारे रास्वपाको विश्लेषण – सहि समयमा घण्टी नबजाएर मतदाताले सचेत गराए

काठमाडौं । इलाम-२ मा जमानत जफत भएपछि रास्वपाले सहि समयमा

रविलाई सिकेको सुझाव – बारा र इलाममा जमानत जफत भयो, विचार गर्नुहोला

काठमाडौं। जनमत पार्टीका अध्यक्ष सिके राउतले ८४ मा बहुमतको कुरा

सुदुरपश्चिमका मुख्यमन्त्री सोडारीले वैशाख २१ गते विश्वासको मत लिने

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले यही वैशाख २१

आज सुनचाँदीको मुल्य स्थिर

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ ।

सुशासनका निम्ति सबैले आवाज उठाउनुपर्छ : सांसद सरस्वती बजिमय

काठमाडौं । वर्तमान संसदीय अभ्यासप्रति मेरा केही फरक मत छन्