२० मंसिर २०८२, शनिबार | December 6, 2025

चिनियाँ राजदूत सोङको सक्रियता, २ सातामा ८ उच्चस्तरीय राजनीतिक भेटवार्ता



काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले दुई सातामा आठ उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका छन् ।

गत पुस २४ (८ जनवरी)मा पदभार ग्रहणका लागि काठमाडौं आएका उनले गत २९ पुस (१३ जनवरी)मा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका थिए ।

यसपछि उनले उच्चस्तरीय राजनीतिक भेटवार्तालाई तीव्रता दिएका हुन् । राजदूतको कार्यभार सम्हाल्न आएको एक सातापछि २ माघ ९१६ जनवरी०मा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए ।

यसपछि उनले ४ माघ (१८ जनवरी)मा प्रमुख सत्तासाझेदार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट गरे । सो भेटमा दुई देश तथा पार्टीबीचको सम्बन्धमा विषयमा कुराकानी भएको चिनियाँ दूतावासले जनाएको छ ।

एमाले अध्यक्ष ओलीलाई भेटेको दुई दिनपछि ६ माघ (२० जनवरी)मा राजदूत सोङले कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र परराष्ट्रमन्त्री डा. विमला राई पौड्याललाई एकैदिन भेटेका थिए । उक्त भेटमा द्विपक्षीय सम्बन्धबारेमा विषयमा कुराकानी भएको जानकारी दिइएको थियो ।

देउवा, पौडेल र राईसँगको भेटेको एक सातापछि १५ माघ (२९ जनवरी)मा राजदूत सोङले उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग भेटघाट गरेका थिए । यसपछि १७ माघ (३१ जनवरी) राजदूत सोङले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई भेटेका छन् ।

मंगलबार भएको सो भेटमा मन्त्री भण्डारीले ताक्लाकोट, तिंकरलगायतका देशका पश्चिमी उत्तरी नाका खुलाउने विषयमा राजदूतको ध्यानाकर्षण गराएका छन् ।

जवाफमा राजदूत सोङले उत्तरी पश्चिमी नाका खोल्ने र निर्माणाधीन पाँच सुक्खा बन्दरगाहका विषयमा चीन सरकार सकारात्मक रहेको बताए ।

कार्यभार सम्हालेसँगै भएको राजदूत सोङको भेटवार्तालाई शिष्टाचार भनिएको छ ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ३ : ०४ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल