काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पुनः भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा समसामयिक राजनीतिक घटनाक्रम, राष्ट्रपति निर्वाचन, गृहमन्त्रालय लगायतका विषयमा छलफल भएको बुझिएको छ । दुई नेताबीच सत्ता साझेदार दलहरुको बैठक बोलाउने विषयमा समेत छलफल भएको छ ।
ओलीले प्रचण्डलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृहमन्त्रालयको नेतृत्व दिन आग्रह गरेको बुझिएको छ । तर, प्रधानमन्त्री प्रचण्डले हिजो सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआएसम्म गृहमन्त्रालय दिन नसकिने बताएका थिए ।
आफुलाई गैरसांसदको रुपमा गृहमन्त्री बनाउन दबाब दिँदै लामिछानेले हिजो बिहान प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका थिए । तर प्रचण्डबाट सकारात्मक जवाफ नपाएपछि उनी हिजै साँझ बालकोट पुगेर ओलीलाई भेटेका थिए । ओलीले पुष १०को समझदारीबाट कोही पनि दायाँबायाँ हुन नहुने जिकिर गर्दै लामिछानेलाई नै गृहमन्त्री बनाउन प्रचण्डलाई दबाब दिइरहेका छन् ।



















प्रतिक्रिया