७ आश्विन २०८३, बुधबार | September 23, 2026

कालीगण्डकीको देवशीलालाई गोरखपुरबाट अयोध्या पठाइयो



गोरखपुर । भारत उत्तरप्रदेशको अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान रामकोमूर्ति बनाउन नेपालको कालीगण्डकीबाट उत्खनन् गरी पठाएको शिला गोरखपुरबाट अयोध्या पठाइएको छ । गोरखपुर मन्दिर परिसरमा विशेष हबन पूजापछि देवशिला आज गोरखपुरबाट अयोध्यातर्फ पठाइएको हो ।

धार्मिकविधि अनुसार नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलगायतले गोरखपुरमा देवशिलाको हबन पूजाआज गरेका थिए । मङ्गलबार राति गोरखपुरस्थित गोरखनाथ मन्दिरमा ल्याइएका शिलालाई स्थानीयवासीले स्वागत गरेका छन् । आज बिहान गोरखपुरमा गरिएको हबनपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता निधिले कालीगण्डकीको देवशिला अयोध्या पुगेसँगै नेपाल भारतबीचको सांस्कृतिकसम्बन्ध नयाँ उचाइमा पुगेको बताए ।

उनले यो कार्य सफल पार्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ,कांग्रेस सभापति शेरबहादुर देउवालगायत सबै शीर्ष नेताको सहयोगी भूमिका रहेको बताए ।

शिला बिदाई कार्यक्रममा गोरखनाथ मन्दिर प्राङ्गढमा स्थानीय तथा श्रद्धालुको उपस्थिति रहेको थियो । शिलाका साथ कांग्रेस नेता निधि, जानकी मन्दिरका महत्थ रामतपेश्वरदास, राममन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पङ्कजलगायत हिन्दू स्वयम्सेवक सङ्घ, विश्वहिन्दू परिषद् नेपालका पदाधिकारीको सहभागिता रहेको छ ।

धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरबाट शोभायात्रासहित यही माघ १६ गते आइतबार शिला अयोध्यातर्फ पठाइएको थियो । शिला आज साँझ अयोध्या पुग्नेछ । त्यहाँ नेपालका तर्फबाट कांग्रेस नेता निधि र जानकी मन्दिरका महन्थ दासबाट शिला हस्तान्तरण गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  १२ : ४५ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई