३ आश्विन २०८३, शनिबार | September 20, 2026

नेपालगन्जका चोक चोकमा ‘फ्रि वाईफाई’



नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका भित्रका ७ वटा चोकमा निशुल्क इन्टरनेट सेवा दिने भएको छ । उपमहागर भित्रका ७ वटा स्थानलाई ‘फ्रि वाईफाई जोन’ बनाइएको हो ।

नगरका चोकहरुको फ्रि वाइफाइ जोनको एक कार्यक्रमकाबीच नगर प्रमुख प्रशान्त विष्टले शुभारम्भ गरे । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंकसँगको सहकार्यमा उपमहानगरपालिकाले निशुल्क वाईफाईको सेवा दिन शुरु गरेको हो । पहिलो चरणमा नगरका सात स्थानलाई ‘फ्रि वाईफाई जोन’ बनाइएको छ ।

पहिलो चरणमा वीपीचोक, धम्बोझीचोक, चौलिक्काचोक, सेतुविकचोक, पुष्पलालचोक, कारकादोचोक र भेरी अस्पताल क्षेत्रलाई ‘फ्रि वाईफाई जोन’ बनाइएको नेपालगन्ज उपमहानगरका सूचना प्रविधि शाखाका प्रमुख घनश्याम बर्माले जानकारी दिए ।

वाइफाई जोनको शुभारम्भ गर्दै नगर प्रमुख विष्टले ‘नगरलाई सूचना प्रविधिमैत्री बनाउदै सर्वसाधारणलाई निशुल्क इन्टरनेटको सुविधा दिने उद्देश्यले हाललाई केही मुख्य चोकलाई लक्षित गरी वाईफाई निशुल्क चलाउने व्यवस्था गरिएको बताए । ‘अहिलेलाई हामीले मानिसको बढी चहलपहल हुने सात स्थानमा फ्रि वाईफाईको सुविधा दिएका छौं, लगत्तै अन्य चार स्थानलाई पनि ‘फ्रि वाईफाई जोन’ बनाउँछौं, अहिले परीक्षणका रुपमा अघि बढेका छौं, यसको प्रयोग गर्दा आउने प्राविधिक समस्या हेरेर थप ठाउँमा विचार गर्ने छौं,’ नगर प्रमुख विष्टले भने, ‘नगरलाई सूचना प्रविधिमैत्री बनाउने अभियानमा छौं । हाम्रा २३ वटै वडामा इन्टरनेट पहुँच पुगेको छ । अनलाइन प्रणाली शुरु गरेका छौं ।’

अब लगत्तै त्रिभुवनचोक, राँझाचोक, गणेशमान चोक र ट्राफिकचोकमा वाईफाई सेवा विस्तार गर्ने तयारी गरिएको उनले जानकारी दिए ।

सूचना शाखा प्रमुख वर्माका अनुसार एक जना व्यक्तिले २४ घण्टामा ५ सय एमबी बराबरको डाटा प्रयोग गर्न पाउने छन्। हरेक चोकको तीन सय मिटर उत्तर र दक्षिणसम्म इन्टरनेट पहुँच हुने सुविधा दिइएको छ । एक चोकबाट अर्को चोक पुग्दासम्म डिस्कनेक्ट नहुने गरी सुविधा दिने प्रयास गरिएको छ ।

‘फ्रि वाईफाई जोन’ शुभारम्भ कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजाल, वडा नं. १८ का अध्यक्ष दीपककुमार बर्मा, कार्यपालिका सदस्य बसन्तकुमार कनोजियालगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  २ : ३९ बजे

अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब