४ पुस २०८२, शुक्रबार | December 19, 2025

सत्ता समीकरण अहिले फेरिँदैन : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं। प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरण नफेरिने बताएका छन् ।

पार्टीको स्थायी समिति बैठकपछि पेरिसडाँडाबाट बाहिरिने क्रममा प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीले समथर्न फिर्ता लिने विषयमा आफुलाई विश्वास नलागेको बताउँदै हालको समीकरण नफेरिने बताएका हुन् ।

प्रचण्डले भने ‘सरकार केही हुँदैन । मैले बुझेसम्म रास्वपाले समर्थन फिर्ता पनि लिँदैन ।’

स्थायी समिति बैठकमा प्रचण्डले रास्वपाले समर्थन फिर्ता लिँदा र नलिँदाको अवस्थाबारे के हुने भन्नेमा ब्रिफिङ गरेका थिए ।

बैठकपछि संचारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष कृष्णबहादुर महराले रास्वपाले सर्वोच्चको पूर्णपाठ आउने बेलासम्म धैर्य गर्नुपर्ने बताए । महराले एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्रालय रास्वपालाई दिन पूर्णपाठ कुर्न नपर्ने भन्दै दिएको अभिव्यक्तिले गठबन्धनमा फरक नपर्ने पनि बताए।

 

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  ५ : ४५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको