२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026

नेकपाको निस्कर्ष : वैवाहिक अंगीकृत नागरिकता विवाहको ७ वर्षपछि मात्रै



काठमाडौं । नेपाली पुरूषसँग विवाह गर्ने विदेशी महिलालाई सातवर्षसम्म नागरिकता प्रदान नदिन सत्तारूढ नेकपामा एकमत बनेको छ ।

विदेशी महिलाले विहे लगत्तै नागरिकता प्राप्त गर्ने वर्तमान कानुनी व्यवस्था परिवर्तन गर्न नेकपामा सहमति बनेको हो । शुक्रबार प्रधानमन्त्री निवास वालुवाटारमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरूबीच सात वर्षपछि मात्र नागरिकता दिने सहमति बनेको हो ।

अन्तरिम संविधान २०६३ अनुसार बनेको नागरिकता कानुनले विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेलगत्तै वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न छुट दिएको थियो ।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा नागरिकता विधेयक २ वर्षदेखि विवादित रूपमा अड्किएको छ ।

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकबारे बालुवाटार नेताहरूबीच छलफल भएको थियो । त्यसक्रममा, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा नागरिकता दिने वर्तमान प्रावधान परिमार्जन गर्न ढिला गर्न नहुने गर्ने बताएका थिए ।

बैठकमा सहभागी सांसदहरूले संसदीय समितिमा रहेको विवाह गरेको ७ वर्षपछि वैवाहिक नागरिकता दिने प्रस्तावमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले सहमति जनाए ।

बालुवाटार बैठकमा नेकपाको तर्फबाट राज्यव्यवस्था तथा सुहासन समितिमा रहेका सांसदहरूले ७ वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिनुपर्नेमा एकमत भएको सांसद विजय सुब्बाले बताए ।
सुब्बाका अनुसार प्रधानमन्त्री ओलीले फिजी, मरिससको उदाहरण दिँदै नागरिकतामा नेपाल कठोर बन्नुपर्ने धारणा राखेका थिए ।

अध्यक्ष प्रचण्डले पनि नागरिकतको वर्तमान प्रावधान
परिवर्तन गर्नुपर्ने धारणा राखेका थिए । राष्ट्रिय हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने प्रचण्डको भनाइ थिय‍ो ।

प्रमुख प्रतिपक्षी कांग्रेसले भने विदेशी बुहारी ल्याउने वित्तिकै उसले चाहेमा वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने अडान राखेको छ ।

तर, नेकपामा एकमत भैसकेपछि विधेयकमा काँग्रेसको समर्थन नभएपनि अघि बढ्ने देखिएको छ । संसदमा नेकपाको सहज बहुमत छ ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ९ : १९ बजे

नेकपा संयोजक प्रचण्ड भारी मतान्तरका साथ निर्वाचित

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल

दाङ-२ : रास्वपाका आचार्यलाई पछ्याउँदै एमालेका पोख्रेल

दाङ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ निर्वाचन क्षेत्र नं २

रूपन्देही-२ मा रास्वपाका सुलभ खरेलको फराकिलो अग्रता

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रूपन्देही निर्वाचन क्षेत्र नम्बर

लमजुङमा पृथ्वीसुब्बा गुरुङ अग्रस्थानमा, रास्वपाका केसी नजिकै

काठमाडौं । लमजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा नेकपा (एमाले)का

झापा-५ मा बालेन शाहको फराकिलो अग्रता, ओलीभन्दा ९ हजारभन्दा बढी मतले अगाडि

झापा । झापा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ मा जारी