५ श्रावण २०८३, मंगलबार | July 21, 2026

बांकेमा चुरे र नदी दोहन बिरुद्ध सीडीओको एक्सन, ढुङ्गा गिट्टीका तस्कर नाईके पक्राउ



नेपालगन्ज । बांकेमा नदिजन्य सामाग्री उत्पादनको नाममा नदि र चुरे दोहन गर्ने समुहका एकजना नाईके पक्राउ परेकाछन् । लामो समय देखि बांकेमा ढुङ्गा, गिट्टी तस्करी गरिरहेका समुहका नाईके मनोज केसीलाई प्रहरीले पक्राउ गरेको छ । राप्ती नदीबाट वर्षौदेखि ढुङ्गा, गिट्टी तस्करी गर्दै आइरहेका मनोजलाई बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्गको निर्देशनमा पक्राउ गरिएको बताईएको छ ।

लामो समयदेखि टिप्पटर, जेसीभी राखेर कानून बिपरित राप्ती नदी दोहन गर्दै आईरहेका मनोज प्रशासनलाई प्रभावमा पार्दे उम्कंदै आएका थिए । पछिल्लो समय प्रशासनले गिट्टी, बालुवा, ढुङ्गा लोड भएका ट्याक्टर पक्राउ गर्ने क्रममा सवारी चालक र साधनका मालिकहरुले मनोजकै लागि काम गर्ने बताएपछि प्रजिअ कुरुम्वाङ्गले मनोजलाई पक्राउ गर्न निर्देशन दिएका थिए ।

प्रजिअ कुरुम्वाङ्गले कानूनलाई अटेर गरी स्थानीय प्रशासनलाई समेत डर धाक धम्की दिंदै नदी दोहन गरेकाले मनोजलाई पक्राउ गरिएको खबरकुरालाई बताए । सामान्य ट्याक्टर चालक वा ट्याक्टर मालिकलाई नियन्त्रणमा लिएर नदि दोहन नरोकिने प्रजिअ कुरुम्वाङको भनाई छ । मनोजलाई पक्राउ गरेसंगै प्रजिअ कुरुम्वाङले राजनितीक दवाब आएको संकेत गर्दै कसैको दवाबका भरमा कानुन बिपरित काम हुन नदिने बताए । ‘मनोज सहित एउटा समुह नै नदि दोहनमा क्रियाशिल छ, ती कसैलाई गैरकानुनी काम गर्न दिईने छैन।’ कुरुम्वाङले भने ।

पक्राउ परेका मनोज विरुद्ध जिल्ला प्रशासन कार्यालय बाँकेमा शुक्रबार नै सार्वजानिक अपराधको मुद्दा दर्ता गरि कारबाही प्रक्रिया अगाडी बढाइएको छ । पक्राउ परेका मनोजलाई म्याद थप गरी अहिले थुनामा राखिएको छ ।

राप्ती नदीबाट ढुङ्गा, गिट्टी तस्करी गरिरहेका बेला केही दिनअघि चालक सहित टिप्पर र जेसिभीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको थियो । प्रहरीलाई समेत बिभिन्न शक्ति केन्द्रको सम्बन्ध देखाई धम्काउने गरेकाले उनलाई पक्राउ गरिएको प्रजिअ कुरुम्वाङ्गले बताए ।

बांके लगायतका केहि जिल्लाहरुमा स्थानीय तहले बतावरण प्रभाव मुल्यांकन गरेर ठेक्का खोलिएपनि ठेकेदार र गुण्डा नाईकेहरुको मिलोमतोमा ठेक्का नजाने र जनप्रतिनिधिहरुकै स्काईभेटर, जेसिभि प्रयोग गरेर नदि दोहन हुने गरेको पाईएको छ । बांकेको राप्ती सोनारी गांउ पालिकाले १३ करोड ठेक्काका लागि सुचना निकालेकोमा कसैलाई ठेक्का कबोल गर्न नदिई मनोज केसीको समुहले नदि दोहन गर्दै आएको थियो । यहि असार १ गते देखि राप्ती नदीबाट नदीजन्य पदार्थ ओसारपसारमा प्रतिबन्ध लागिसकेको छ । जो कसैले पनि ओसारपसार गरे कारबाहीको भागिदार बन्नु पर्ने प्रजिअ कुरुम्वाङले बताए ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ९ : २८ बजे

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान