२ जेष्ठ २०८१, बुधबार | May 15, 2024

परेसलाई कठोर कारबाही नगर्न आदेश



मुम्बई । कलकत्ता हाई कोर्टले बलिउड अभिनेता तथा भाजपा नेता परेश रावललाई बोलीकै कारण कठोर कारबाही नगर्न आदेश दिएको हो ।

उच्च न्यायालयले तलातला प्रहरीलाई परेशले बोलेको ‘बंगालियो के लिएर मछली पकाओ’ लाई लिएर कुनै पनि कठोर कारवाही नगर्न आदेश दिएको हो ।

अदालतले परेशले यो विषयमा पहिला नै माफी मागिसकेकाले कारबाही गर्न आवश्यक नरहेको ठहर गरेको छ । अदालतले भिडियो कन्फ्रेन्समार्फत यो मामलामा परेशलाई सोध्न सकिने जनाएको छ । यो मामलाको अर्को सुनुवाई फेब्रुअरी ५ मा हुनेछ ।

गत वर्ष गुजरात चुनावको समयमा परेशले पनि भाजपाको तर्फबाट राज्यको चुनावी र्‍यालीमा सहभागिता जनाएका थिए । यो समयमा उनले बंगालीका विषयमा भाषण गरेपछि उनी विवादमा तानिएका थिए । उनीमाथि बंगालीलाई अपमान गरेको आरोपसमेत लागेको थियो । पछि उनले सामाजिक सञ्जालमार्फत माफी मागेका थिए ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  १ : २१ बजे

बबईमा डुबेर दाजुभाइको मृत्यु

तुलसीपुर । पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ

सन्दीपको मुद्धाको आजपनि पेसी

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनवाई आज हुदै छ

लखनउमाथि दिल्ली १९ रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले लखनउ

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने

काठमाडौं । कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति ९८

आजको मौसम : भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव हट्यो

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको